२०८३ साउन २१ गते बिहीबार

चर्च ब्वाइज लिगको उपाधि नजिक

चर्च ब्वाइज लिगको उपाधि नजिक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ २३ गते मंगलबार १०:२६

पुलिससँग आइतबार भएको खेलमा मछिन्द्र पराजित हुँदा चर्च ब्वाइजलाई फाइदा भएको हो ।

पोखरा

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा चर्च ब्वाइज क्बल उपाधि नजिक पुगेको छ । आज हुने थ्रीस्टारसँगको खेल बराबरी गरे मात्र  ब्वाइजले उपाधि जित्नेछ । नवप्रवेशी क्लबले २४ खेलमा ४४ अंकका साथ शीर्ष स्थानमा छ । ब्वाइजलाई उपाधि जित्नको लागि १ अंकको आवश्यकता छ ।

दुई खेल बाँकी रहँदा ब्वाइजले आजको खेल बराबरी गरेपनि उपाधि जित्ने अवस्था बनेको हो । साविक विजेता मछिन्द्र क्बल ब्वाइज भन्दा ५ अंक पछाडि छ । आइतबार भएको खेलमा पुलिससँग मछिन्द्र पराजित हुँदा चर्च ब्वाइजलाई फाइदा भएको हो । पुलिसले मछिन्द्रलाई २—१ ले हराएको थियो ।

दशरथ रंगशालामा आज हुने पहिलो खेलमा दिउँसो ३ बजे ब्वाइजले र थ्री स्टार क्लबसँग खेल्नेछ । थ्री स्टार २४ खेलमा २८ अंकका साथ १२ औं स्थानमा छ । च्यासल मैदानमा दिउँसो ३ बजे खुमलटार र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

एन्फा कम्प्लेक्समा पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ । पुलिस र आर्मीको खेल दिउँसो ३ बजे हुनेछ । आज हुने अर्को खेलमा बेलुका ६ बजे दशरथ रंशशालामा सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लब खेल्दैछन् । १४ टोली सहभागी ‘ए’ डिभिजन लिगको पुछारका दुई वटा टोली ’रेलिगेसन जोन’ मा परेर ’बी’ डिभिजनमा घटुवा हुनेछन् ।

 

प्रकाशित मिति २०८० जेठ २३ गते मंगलबार १०:२६
हजुरको प्रतिक्रिया