२०८३ साउन २१ गते बिहीबार

पोखराको नहर र तालबाट दुई जनाको शव फेला

पोखराको नहर र तालबाट दुई जनाको शव फेला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ २३ गते मंगलबार ०१:२१

पोखरा-१४ मा रहेको एक नहरमा र  फेवातालमा एक/एक जना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पोखरा

पोखराको दुई छुट्टाछुट्टै ठाउँमा दुई जनाको शव सोमबार फेला परेको छ। पोखरा-१४ मा रहेको एक नहरमा र  फेवातालमा एक/एक जना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार नहरमा फेला परेको शव पोखरा-११ फूलबारीका ४२ वर्षीय रिखीराम शर्मा पौडेलको हो ।

यता फेवातालमा भेटिएको शवको भने पहिचान खुल्न बाँकी छ ।

दुवै घटनाको अनुसन्धान भइरहेको र पोष्टमार्टका लागि दुवैको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाचल क्षेत्रीय अस्पतालमा राखिएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

प्रकाशित मिति २०८० जेठ २३ गते मंगलबार ०१:२१
हजुरको प्रतिक्रिया