२०८३ कात्तिक १० गते सोमबार

‘नर्सिङ क्षेत्रको समस्या समाधानमा सरकार उदासिन’

‘नर्सिङ क्षेत्रको समस्या समाधानमा सरकार उदासिन’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ २६ गते शुक्रबार ०८:१६

नर्सहरुले अस्पतालमा नर्स र बिरामीको अनुपात नमिल्दा धेरै बिरामी हेरविचार गर्नुपरेको, काममा खटिए अनुसार सेवा सुविधा नपाएको र राज्यले नर्स पेसालाई प्राथमिकताका साथ नहेरेको गुनासो उनीहरुले गरेका थिए ।

पोखरा

नर्सिङ क्षेत्रको समस्या समाधान गर्न सरकार उदासिन देखिएको गुनासो नर्सहरुले गरेका छन् । पोखराका नर्सहरुको क्षमता अभिवृद्धि गर्न आयोजित कार्यक्रम नर्सहरुले यस्तो गुनासो गरेका हुन् । नेपाल युथ नर्स सोसाइटीले बिहीबार पोखराका विभिन्न नर्सिङ कलेज तथा अस्पतालका नर्सहरुका लागि क्षमता अभिवृद्धि कार्यक्रम गरेको हो ।

नर्सहरुले अस्पतालमा नर्स र बिरामीको अनुपात नमिल्दा धेरै बिरामी हेरविचार गर्नुपरेको, काममा खटिए अनुसार सेवा सुविधा नपाएको र राज्यले नर्स पेशालाई प्राथमिकताका साथ नहेरेको गुनासो उनीहरुले गरेका थिए । नर्सिङ क्षेत्रका समस्याको पहिचान गरी उचित नीति नियम बनाएर कार्यान्वयन गर्न उनीहरुले सरकारसँग माग गरेका छन् ।

सामाजिक सञ्जालमा नर्सहरुको पेशाप्रति गलत टिप्पणी आइरहेकाले उनीहरुको मनोबललाई उचो बनाउन गरिएको कार्यक्रम संयोजक सरस्वती पुरीले बताइन् । नर्सहरुको समस्याका बारेमा राज्यले नखोज्दा र नबोल्दा समस्या झनै बढ्ने उनको भनाइ छ ।

कार्यक्रमले अहिले नर्सका समस्या के के छन् थाहा पाउन सहज भएको कार्यक्रमकी सहसंयोजक सरस्वती श्रेष्ठले बताइन् । पोखराका विभिन्न नर्सिङ क्याम्पस र अस्पतालका ५० जनाको सहभागिता रहेको विवेक रानाभाटले जानकारी दिए ।

प्रकाशित मिति २०८० जेठ २६ गते शुक्रबार ०८:१६

हजुरको प्रतिक्रिया