२०८३ असोज २४ गते शनिबार

एसइई फुटसलमा सेमिफाइनल समिकरण पूरा

एसइई फुटसलमा सेमिफाइनल समिकरण पूरा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ २७ गते शनिबार ०२:३५

थग लाइफले मुडलाइफ विरुद्ध १–० गोल अन्तरको जीत निकाल्यो । क्वाटरफाइनलमा झुम्पाकले लोसिफरलाई ११–५ गोल अन्तरले पाखा लगाउँदै सेमिफाइनल यात्रा तय गरेको हो ।

पोखरा

स्टेप बाई स्टेप स्कुल पोखराले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय एसइई फुटसल प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ ।

शनिबार क्वाटरफाइनल अन्तर्गतको खेल सकिएसँगै सेमिफाइनल समिकरण पुरा भएको हो । टिम बेस्ट, झुम्पाक, डाइमण्ड, होमटाउन सेमिफाइनल प्रवेश गरेका छन् ।

होमटाउन यसअगाडि नै सेमिफाइनलमा पुगिसकेको थियो । शनिबार भएको प्रिक्वाटरफाइनल खेलमा टिम बेस्टले मदरल्याण्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का ग¥यो ।

थग लाइफले मुडलाइफ विरुद्ध १–० गोल अन्तरको जीत निकाल्यो । क्वाटरफाइनलमा झुम्पाकले लोसिफरलाई ११–५ गोल अन्तरले पाखा लगाउँदै सेमिफाइनल यात्रा तय गरेको हो ।

टिम बेस्टले क्वाटरफाइनलमा पावर हाउसलाई ७–० गोल अन्तरले पराजीत गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । डायमण्डले थगलाइफलाई २–० गोलले पाखा लगाउँदै सेमिफाइनलसम्मको यात्रा पक्का गरेको छ ।

सेमिफाइनल खेल आगामि शनिबार हुनेछ । प्रतियोगितामा कास्की, तनहुँ, बाग्लुङ लगायत जिल्लाका २६ समूह सहभागी थिए । ३ हप्तादेखि खेल जारी छ ।

प्रतियोगिताको विजेताले नगद २० हजार रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् । साथै, कक्षा ११ र १२ अध्ययनका लागि पूर्ण छात्रावृत्ति समेत पाउनेछन् ।

उपविजेताले नगद १५ हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्रसँगै कक्षा १२ सम्म ५० प्रतिशत छात्रावृत्तिमा अध्ययनको अवसर प्राप्त गर्नेछन् ।

उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले पनि अध्ययनमा पूर्ण छात्रावृत्ति पाउने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति २०८० जेठ २७ गते शनिबार ०२:३५
हजुरको प्रतिक्रिया