२०८३ साउन २१ गते बिहीबार

पोखरामा राष्ट्रिय संगीत अवार्ड

पोखरामा राष्ट्रिय संगीत अवार्ड

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ २८ गते आइतबार ०९:४८

३७ विधामा अवार्ड वितरण हुने अवार्ड वितरण समितिका सचिव सागर कार्कीले जानकारी दिए ।

पोखरा

पोखरामा राष्ट्रिय संगीत अवार्ड हुने भएको छ । असार २ गते अवार्ड वितरण हुँदैछ ।

कास्की खबर प्रालिले राष्ट्रिय संगीत अवार्ड गर्न लागेको हो । ३७ विधामा अवार्ड वितरण हुने अवार्ड वितरण समितिका सचिव सागर कार्कीले जानकारी दिए । उत्कृष्ट ५ को नोमिनेसन सार्वजनिक भइसकेको छ । १८५ नेमिनेसनमा परेको उनले जानकारी दिए ।

भोटिङ, निर्णायक र आयोजकले दिने नम्बरका आधारमा अवार्ड वितरण हुने कार्कीले बताए । भोटिङमार्फत ४० अंक, निर्णायकले ५० र आयोजकले १० अंक दिनेछन् । त्यसैको आधारमा अवार्ड वितरण हुनेछ ।
पुराना कलाकारलाई सम्मान र नयाँलाई प्रोत्सहान गर्न अवार्ड कार्यक्रम आयोजना गरेको सचिव कार्कीले बताए ।

स्वच्छ प्रतिस्पर्धा गराएर अवार्ड वितरण गर्ने अध्यक्ष ऋषिराम दाहालले बताए । अन्य अवार्ड किनबेच हुने आरोप लाग्ने गरेपनि राष्ट्रिय संगीत अवार्डमा पैसाको चलखेल नहुने उनको जिकिर छ ।अवार्ड कार्यक्रमबाट भएको मुनाफाको केही

प्रतिशत कलाकार कल्याणकारी कोषमा सहयोग गर्ने उल्लेख गरिएको छ ।

प्रकाशित मिति २०८० जेठ २८ गते आइतबार ०९:४८
हजुरको प्रतिक्रिया