२०८३ साउन २१ गते बिहीबार

कास्कीमा कैलाश प्राविकाे शौचालय निर्माणमा भ्रष्टाचार ! प्रधानाध्यापकविरुद्ध मुद्दा

कास्कीमा कैलाश प्राविकाे शौचालय निर्माणमा भ्रष्टाचार ! प्रधानाध्यापकविरुद्ध मुद्दा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ २८ गते आइतबार ०७:५१

निकासा भएको रकम र विद्यालयको अक्षय कोषको रकम हिनामिना गरेको आरोप

कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ स्थित कैलाश टेत्सुओ प्राथमिक विद्यालयमा शौचालय निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक नारायणप्रसाद पौडेलिवरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनले विद्यालयको शौचालय निर्माण गर्नको लागि निकासा भएको रकम र विद्यालयको अक्षय कोषको रकम हिनामिना गरेको आरोपमा अख्तियारले बिशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रधानाध्यापक पौडेलविरुद्ध शौचालय निर्माणको लागि आएको २ लाख र विद्यालयको नाममा रहेको अक्षय कोषको १ लाख १२ हजार गरी ३ लाख १२ हजार रुपैयाँ भ्रष्टाचार गरेक आरोप रहेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

प्रकाशित मिति २०८० जेठ २८ गते आइतबार ०७:५१
हजुरको प्रतिक्रिया