२०८३ साउन २१ गते बिहीबार

आईपीएल : दिल्लीद्वारा हैदराबादसामू १८९ रनकाे चुनाैतीपूर्ण लक्ष्य प्रस्तुत

आईपीएल : दिल्लीद्वारा हैदराबादसामू १८९ रनकाे चुनाैतीपूर्ण लक्ष्य प्रस्तुत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक २३ गते आइतबार ०९:४८

पाेखरा । आईपीएल २०२० अन्तर्गत दोश्रो क्वालीफायरमा दिल्ली क्यापिटल्सले  सनराइजर्स हैदरावादसमक्ष १८९ रनकाे चुनाैतिपूर्ण लक्ष्य पेश गरेकाे छ । शेख जायद स्टेडियम, अबुधाबीमा टस जितेर ब्याटिंग रोजेको दिल्लीले निर्धारित २० ओभरमा...

पाेखरा । आईपीएल २०२० अन्तर्गत दोश्रो क्वालीफायरमा दिल्ली क्यापिटल्सले  सनराइजर्स हैदरावादसमक्ष १८९ रनकाे चुनाैतिपूर्ण लक्ष्य पेश गरेकाे छ ।

शेख जायद स्टेडियम, अबुधाबीमा टस जितेर ब्याटिंग रोजेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १८९ रन बनाउदै हैदरावादलाई १९० रनको लक्ष्य प्रस्तुत गरेको हाे ।

दिल्लीको लागि ओपनर शिखर धवनले सर्वाधिक ७८ रन बनाए जुन क्रममा ५० बलमा ६ चौका र २ छक्का प्रहार गरे। शिमरन हेटमायरले अविजित ४२ रन बनाउने क्रममा २२ बलमा ४ चौका र १ छक्का प्रहार गरे। मार्कस स्टोइनिसले ३८ ( २७ बलमा ५ चौका र १ छक्का ) , श्रेयस ऐयरले २१ ( २० बलमा १ चौका ) बनाए।

जारि सिजन धवनको यो चौथो अर्धशतक हो जसले २ वटा शतक समेत प्रहार गरेका थिए। धवनले जारि सिजन ६०० रन समेत पुरा गरेका छन् जो आईपीएल इतिहासमै एकै सिजन ६०० रन बनाउने रिशभ पन्त पछि दोश्रो ब्याट्सम्यान बनेका छन्। पन्तले २०१८ मा ६८४ रन बनाएका थिए। जारि सिजन केएल राहुल ( ६७० ) ले मात्र धवन ( ६०३ ) भन्दा बढी रन बनाउन सकेका छन्।

हैदरावादको बलिंगमा सन्दिप शर्मा ( ४-०-३०-१ ) , जेसन होल्डर ( ४-०-५०-१ ) र राशिद खानले ( ४-०-२६-१ ) समान १ विकेट लिए। टि नटराजन ( ४-०-३२-० ), शाहबाज नदीम ( ४-०-४८-० ) विकेटविहिन रहे।

हैदरावादले इलिमीनेटरमा शुक्रबार रोयल च्यालेन्जर्स बैंगलोरको यात्रा समाप्त गर्दै क्वालीफायरमा दिल्लीसंगको भेट पक्का गरेको थियो। दिल्लीले पहिलो क्वालीफायरमा मुम्बईसंग पराजित भएपछि फाइनल पुग्ने दोश्रो मौका पाएको हो। दिल्ली हालसम्म आईपीएलको फाइनल प्रवेश गर्न सकेको छैन भने हैदरावादले यस अघि २ पटक फाइनल खेलीसकेको छ।

प्रकाशित मिति २०७७ कात्तिक २३ गते आइतबार ०९:४८
हजुरको प्रतिक्रिया