२०८३ साउन २१ गते बिहीबार

आइपिएलको उद्‌घाटन खेलमा मुम्बई र चेन्नई भिड्ने

आइपिएलको उद्‌घाटन खेलमा मुम्बई र चेन्नई भिड्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ भदौ २२ गते सोमबार ०५:२६

सिजनको आइपिएलको उद्‌घाटन खेलमा मुम्बई इन्डियन्स र चेन्नई सुपरकिंग्स भिड्ने भएका छन्। आइपिएलले आइतबार सार्वजनिक गरेको खेल तालिका अनुसार सेप्टेम्बर १९ मा मुम्बई र चेन्नईबीच नेपाली समयअनुसार राति पौने ८ बजे पहिलो खेल हुनेछ। सो...

सिजनको आइपिएलको उद्‌घाटन खेलमा मुम्बई इन्डियन्स र चेन्नई सुपरकिंग्स भिड्ने भएका छन्।

आइपिएलले आइतबार सार्वजनिक गरेको खेल तालिका अनुसार सेप्टेम्बर १९ मा मुम्बई र चेन्नईबीच नेपाली समयअनुसार राति पौने ८ बजे पहिलो खेल हुनेछ। सो खेल अबुधावीमा हुनेछ।

आइपिएलका राउन्ड रोबिनका खेल युएईको तीनमा स्थानमा हुनेछन्। जसअनुसार अबुधावीमा २० खेल, दुबईमा २४ खेल र सारजाहमा १२ खेल हुनेछन्।

मुम्बई र कोलकताले समूह चरणका ८ खेल अबुधावीमा खेल्ने तय छ। यस्तै सनराइजर्स हैदरावादले ८ खेल दुबईमा खेल्ने तय छ।

यस्तै चेन्नई सुपरकिंग्स, किंग्स ११ पञ्जाव, दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंग्लोरका ७-७ खेल दुबईमा छन्। राजस्थान रोयल्सको ६ खेल दुबई, पाँच खेल अबुधावी र तीन खेल सारजाहमा छन्।

कोरोना भाइरसका कारण भारतमा आइपिएल हुन सम्भव नभएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्डले युएईमा सिजनको आइपिएल आयोजना गर्न लागेको हो।

कोरोनाकै कारण आइपिएल पाँच महिना ढिलो गरी हुँदैछ।

आइपिएलमा यसपटक पनि नेपालका युवा लेगस्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सबाट खेल्दैछन्।

हाल सिपिएल खेलिरहेका सन्दीप उतैबाट युएई जाने कार्यक्रम छ।

प्रकाशित मिति २०७७ भदौ २२ गते सोमबार ०५:२६
हजुरको प्रतिक्रिया