२०८३ साउन २१ गते बिहीबार

पोखरामा हुने ड्रागन बोटरेस फेस्टिबलको तयारी अन्तिम चरणमा

पोखरामा हुने ड्रागन बोटरेस फेस्टिबलको तयारी अन्तिम चरणमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार २ गते शनिबार १०:३५

नेपाल र चीनका १२० जना प्रतियोगितामा सहभागी हुनेछन् । २ सय र ५ सय मिटर दुरीमा प्रतिस्पर्धा हुनेछ ।

पोखरा

पोखराको फेवातालमा ‘नेपाल चीन फ्रेन्डसिप ड्रागन बोटरेस फेस्टिबल’ आयोजना गरिएको छ । दक्षिण एसियामै नेपालमा पहिलो पटक ‘ड्रागन बोटरेस फेस्टिबल’ आयोजना गरिएको हो ।

चीनले ५० बढी देश र क्षेत्रमा ड्रागन बोटरेस फेस्टिबल गर्दै आइरहेको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दुतावास र पोखरा महानगरपालिकाले बोटरेस आयोजना गरेका हन् । पोखरा पर्यटन परिषद (पिटिसी) र चाइना ओभरसीज एशोसिएसन सहआयोजक रहेको फेस्टिबल असार ८ र ९ गते हुनेछ । फेस्टिबलको तयारी अन्तिम चरणमा पुगेको छ ।

बोटरेसका लागि चीनबाट ८ वटा विशेष डुंगा पोखरा ल्याइसकिएको छ । डुंगाको परिक्षण भइरहेको छ । नेपाल र चीनका १२० जना प्रतियोगितामा सहभागी हुनेछन् । २ सय र ५ सय मिटर दुरीमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको समग्र पुरस्कार राशि ३० लाख रुपैयाँ  रहेको छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले पोखरामा हुने फेस्टिबलले पर्यटन क्षेत्रलाई रहात दिने बताए । नेपालका लागि चिनियाँ दुतावासका डेपुटि चिफ अफ मिसन (डिसिएम) वाङ सिनले पोखरामा हुने फेस्टिबलले नेपाल र चीनबीचको लामो सम्बन्धलाई थप प्रगाढ बनाउने बताए ।

पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सिनाले साहसिक पर्यटनका लागि पोखरा परिचत रहेको बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले चीनमा नेपाली पर्यटनको प्रबद्र्धन हुने विश्वास व्यक्त गरे ।

प्रतियोगितामा सहभागी हुन चीनको लिङजी नगर उपप्रमुखसहित ६० जनाको टोली चाटर्ड उडान भरेर पोखरा आउनेछन् । जुन २१ मा हुने त्यही उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान हुनेछ । लिङजीसँग पोखरा महानगरपालिकाको भगिनी सम्बन्ध छ ।

चीनको सिचुवान एयरलाइन्सले असार ६ गते छेन्दु विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान भर्न शुक्रबार मात्रै अनुमति लिएको छ । जनवरी १ मा उद्घाटन भएको पोखरा विमानस्थलबाट हालसम्म आन्तरिक मात्रै उडान भइरहेको छ ।

प्रकाशित मिति २०८० असार २ गते शनिबार १०:३५

हजुरको प्रतिक्रिया