२०८३ असोज २४ गते शनिबार

पोखरामा आजदेखि प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता

पोखरामा आजदेखि प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार २ गते शनिबार १२:४४

कास्कीसँगै तनहुँ, लमजुङ, नवलपुर, बाग्लुङ, म्याग्दी र स्याङजाका ३०० खेलाडी प्रतिस्पर्धामा उत्रनेछन् ।

पोखरा

पोखरामा शनिबारदेखि तेस्रो संस्करणको प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता सुरु हुँदैछ । प्रदेश खेलकुद परिषद् गण्डकीसँगको सहकार्यमा गण्डकी प्रदेश तेक्वान्दो संघले प्रतियोगिता आयोजना गरेको हो । आइतबारसम्म प्रतियोगिता चल्नेछ ।

पोखरा रंगशालाको कभर्ड हलमा हुने प्रतियोगितामा ७ जिल्लाका खेलाडीले प्रीतस्पर्धा गर्नेछन् । कास्कीसँगै तनहुँ, लमजुङ, नवलपुर, बाग्लुङ, म्याग्दी र स्याङजाका ३०० खेलाडी प्रतिस्पर्धामा उत्रनेछन् ।

२८ स्वर्ण, २८ रजत र ३२ कास्य पदकका लागि प्रतिस्पर्धा हुने गण्डकी प्रदेश तेक्वान्दो संघका सदस्य विशाल बुढा मगर जानकारी दिए । एकल स्पाइरिङ र एकल प्याट्रनमा प्रतिस्पर्धा हुने उनले बताए । स्पाइरिङमा पुरुषतर्फ ४५ देखि ८५ केजीसम्म तौल समूह अनुसार प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ ४० देखि ७० केजीसम्म तौल समूहको प्रतिस्पर्धा हुनेछ ।

एकल प्याट्रनमा हरियो बेल्टदेखि ब्ल्याक बेल्ट तेस्रो डानसम्म प्रतिस्पर्धा हुने बुढाले जानकारी दिए । प्रतियोगितामा १२ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ । पहिलो पटक कास्की जिल्लास्तरीय आइटीएफ तेक्वान्दो प्रतियोगितासमेत हुँदैछ ।

गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष घमबहादुर थापाले बेलाबखतमा हुने प्रतियोगिताले खेलाडीमा उत्साह भर्ने बताए । खेलाडीलाई प्रतिस्पर्धाको प्लेटफर्म दिन नसके खेल क्षेत्रको विकास नहुने उनको भनाइ छ ।

प्रकाशित मिति २०८० असार २ गते शनिबार १२:४४
हजुरको प्रतिक्रिया