२०८३ असोज २४ गते शनिबार

फेवातालको जलकुम्भी झारको बृहत सरसफाइ

फेवातालको जलकुम्भी झारको बृहत सरसफाइ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार २ गते शनिबार ०६:३५

जलकुम्भी झार सरसफाइले फेवाको संरक्षणका सघाउ पुग्ने बताउँदै महाअभियानका संयोजक रामबहादुर पौडेलले फेवा माथिको अक्रिमण रोकिनुपर्नेमा जोड दिए ।

पोखरा

वर्षायामसँगै फेवा तालमा जलकुम्भी झार फैलिएको छ ।

जलकुम्भी झार फैलिएसँगै फेवा ताल कुरुप बनेको छ । वातावरण संरक्षणका लागि महाअभियान कास्कीको पहलमा शनिबार फेवा तालको जलकुुम्भी झारको बृहत सरसफाइ गरिएको छ ।

फेवा तालको संरक्षणमा जोड दिदैं महाअभियानले फेवा सिमसारमा भइरहेको अतिक्रमणको विरोध गरेको छ ।

जलकुम्भी झार सरसफाइले फेवाको संरक्षणका सघाउ पुग्ने बताउँदै महाअभियानका संयोजक रामबहादुर पौडेलले फेवा माथिको अक्रिमण रोकिनुपर्नेमा जोड दिए ।

फेवा सिमसार क्षेत्रको अतिक्रमण पछिल्लो एक वर्षमा बढेको छ ।

फेवाताल ढल्केबरमा गरिएको जलकुम्भी सरसफाइमा स्थानीय, वडाध्यक्षहरु, नेपाल आर्मी, प्रहरी, सशस्त्र प्रहरी, खपौंदी र भकुण्डेमा क्रियाशिल संघसस्थाको सहभागिता रहेको थियो ।

यसअघि पोखरा उपत्यका बृहत सफाइ अभियान नाम दिइएकोमा २ सय ४ श्रृंखलापछि भने परिमार्जित गरि वातावरण संरक्षणका लागि महाअभियान नाम राखिएको संयोजक पौडेलले बताए ।

प्रकाशित मिति २०८० असार २ गते शनिबार ०६:३५
हजुरको प्रतिक्रिया