२०८३ असोज २४ गते शनिबार

प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता पोखरामा सुरु

प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता पोखरामा सुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार २ गते शनिबार ०६:१०

सरकारको तर्फबाट मात्रै खेलकुदको विकास सम्भव नभएकाले नीजि क्षेत्रले पनि लगागनी गर्नुपर्ने उनले उल्लेख गरे ।

पोखरा

पोखरामा शनिबारदेखि तेस्रो संस्करणको प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता सुरु भएको छ ।

प्रदेश खेलकुद परिषद् गण्डकीसँगको सहकार्यमा गण्डकी प्रदेश तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले उद्घाटन गरे ।

मन्त्री लिम्बुले खेलकुदको विकास नभइ देशको विकास नहुने बताए । खेलाडी देशको सम्पत्ति भएको उनको भनाइ छ ।

सरकारको तर्फबाट मात्रै खेलकुदको विकास सम्भव नभएकाले नीजि क्षेत्रले पनि लगागनी गर्नुपर्ने उनले उल्लेख गरे ।

मन्त्री लिम्बुले खेलकुदमा संघीयता लागु नभएको बताए । खेलकुदमा संघीयताको महसुश गराउने आफूले भुमिका खेल्ने उनको भनाइ छ ।

पोखरा रंगशालाको कभर्ड हलमा सुरु प्रतियोगितामा गण्डकीका ७ जिल्लाका खेलाडीले प्रीतस्पर्धा गर्नेछन् । कास्कीसँगै तनहुँ, लमजुङ, नवलपुर, बाग्लुङ, म्याग्दी र स्याङजाका ३०० खेलाडी प्रतिस्पर्धामा उत्रनेछन् ।

२८ स्वर्ण, २८ रजत र ३२ कास्य पदकका लागि प्रतिस्पर्धा हुने गण्डकी प्रदेश तेक्वान्दो संघका सअध्यक्ष घमबहादुर थापाले बताए । एकल स्पाइरिङ र एकल प्याट्रनमा प्रतिस्पर्धा हुने उनले बताए ।

स्पाइरिङमा पुरुषतर्फ ४५ देखि ८५ केजीसम्म तौल समूह अनुसार प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ ४० देखि ७० केजीसम्म तौल समूहको प्रतिस्पर्धा हुनेछ ।

एकल प्याट्रनमा हरियो बेल्टदेखि ब्ल्याक बेल्ट तेस्रो डानसम्म प्रतिस्पर्धा हुने थापाले जानकारी दिए । आइतबारसम्म प्रतियोगिता चल्नेछ । शनिबार उद्घाटनसँगै पहिलो चरणको खेल भएको छ ।

 

प्रकाशित मिति २०८० असार २ गते शनिबार ०६:१०
हजुरको प्रतिक्रिया