२०८३ असोज २३ गते शुक्रबार

पोखरामा असार ६ गते विश्व सांगीतिक दिवस मनाइने

पोखरामा असार ६ गते विश्व सांगीतिक दिवस मनाइने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार ४ गते सोमबार ०६:१५

नेपालमा सर्वप्रथम २०५४ फ्रेन्स कल्चरले विश्व सांगीतिक दिवसको कार्यक्रम गरेको थियो ।

पोखरा

विश्व संगीत दिवसको अवसरमा पोखरामा सांगीतिक कार्यक्रम हुने भएको छ ।

सप्तरंगी सांस्कृतिक प्रतिष्ठानले असार ६ गते (जुन २१)मा पोखरा उद्योग वाणिज्य संघमा विश्व संगीत दिवस मनाउन लागेको हो ।

विश्व संगीत दिवसको अवसरमा पोखरामा क्रियाशील विभिन्न २१ वटा सांगीतिक तथा वाङ्मयिक संघसंस्थाले सहकार्य गर्ने र उनीहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रम संयोजक नवराज बरालले कार्यक्रममा गण्डकी क्षेत्रका लोकगीत संगीतका साथै सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने जानकारी दिए ।

‘पहिलेदेखि नै बर्सेनि गर्दै आए पनि बीचमा कोरोना महामारीका कारण हामी रोकिन पुगेका थियौं, अब फेरि निरन्तरता दिन्छौं,’ उनले भने, ‘कार्यक्रममा पोखराका गीत, संगीत प्रस्तुत हुनेछन् ।’

जुन २१ उत्तरी गोलार्धको सबैभन्दा लामो दिन हुने भएकाले त्यसै दिन विभिन्न प्रकारका सांगीतिक कार्यक्रम गरी फ्रान्सबाट विश्व सांगीतिक दिवसको सुरुआत भएको थियो ।

नेपालमा सर्वप्रथम २०५४ फ्रेन्स कल्चरले विश्व सांगीतिक दिवसको कार्यक्रम गरेको थियो ।

त्यसको ६ वर्षपछि पोखराम विसं. २०६० सालमा पोखरामा क्रियाशील विभिन्न ५ सांस्कृतिक तथा सांगीतिक संघसंस्थाले विश्व संगीत दिवसको अवसरमा कार्यक्रम गरेका थिए ।

त्यसपछि निरन्तर बर्सेनि कार्यक्रम आयोजना हुँदै आएको भए पनि २०७५ सालदेखि मनाउन छोडिएको थियो ।

प्रकाशित मिति २०८० असार ४ गते सोमबार ०६:१५
हजुरको प्रतिक्रिया