२०८३ असोज २३ गते शुक्रबार

हिन्दी फिल्म राेक्ने बालेनको निर्णयविरुद्ध फिल्म हल सञ्चालकहरु अदालतमा

हिन्दी फिल्म राेक्ने बालेनको निर्णयविरुद्ध फिल्म हल सञ्चालकहरु अदालतमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार ६ गते बुधबार ०४:११

यो रिटमा बिहीबारका लागि पेशी तोकिएको छ ।

पोखरा । हिन्दी चलचित्रको प्रदर्शन रोक्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्णयविरुद्ध नेपाल चलचित्र संघले उच्च अदालतमा रिट दायर गरेकाे छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हिन्दी चलचित्र आदिपुरुषको ‘सीता भारतीय छोरी हुन्’ भन्ने आशयको संवाद नहटाएको भन्दै महानगरपालिकाभित्रका हलमा हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाएका थिए ।

बालेनको उक्त निर्णय कानुन विपरीत भन्दै फिल्म हल सञ्चालकहरु अदालत गएका हुन् । यो रिटमा बिहीबारका लागि पेशी तोकिएको छ ।
प्रकाशित मिति २०८० असार ६ गते बुधबार ०४:११
हजुरको प्रतिक्रिया