२०८३ साउन २१ गते बिहीबार

एसओएसमा विद्यालयस्तरीय चित्रकला प्रतियोगितामा

एसओएसमा विद्यालयस्तरीय चित्रकला प्रतियोगितामा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार ७ गते बिहीबार ०७:३२

एसओएस हर्मन माइनर स्कुल गण्डकीले बिहीबार गरेको विद्यालयस्तरीय चित्रकला प्रतियोगितामा बेसलाइन एकेडेमीका मुबारक मिया प्रथम भएका छन् ।

पोखरा

एसओएस हर्मन माइनर स्कुल गण्डकीले बिहीबार गरेको विद्यालयस्तरीय चित्रकला प्रतियोगितामा बेसलाइन एकेडेमीका मुबारक मिया प्रथम भएका छन् । प्रतियोगितामा एसओएसकै जेसिका श्रेष्ठ द्वितीय भएकी छन् ।

३८ औं एसओएस अन्तरविद्यालयस्तरी चित्रकला प्रतियोगितामा पोखरा पब्लिक स्कुलका जेनिक परियार तृत्तीय भए भने विभूति सेकेन्डरी स्कुलकी इच्छा गुरुङले सान्त्वना पुरस्कार पाउन सफल भइन् ।

प्रतियोगिताको अवसरमा केफ सेकेन्डरी स्कुलकी प्रतीक्षा मगरलाई चाइना कल्चर सेन्टरले विशेष पुरस्कार प्रदान गरेको थियो । प्रतियोगितामा ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीसहित प्राज्ञहरुको सहभागिता थियो ।

प्रतियोगितामा भाग लिएका पोखराका विभिन्न स्कुलका विद्यार्थीहरुले एसओएस स्कुलको प्रांगनमा बसेर तत् स्थानमै चित्र कोरेका थिए । विद्यालयले एसओएस दिवसका अवसरमा अन्तर विद्यालयस्तरीय चित्रकला प्रतियोगिता आयोजना गरेको हो । चित्रकलाप्रति विद्यार्थीको आकर्षण बढाउन स्कुलले बर्सेनि प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।

प्रकाशित मिति २०८० असार ७ गते बिहीबार ०७:३२
हजुरको प्रतिक्रिया