२०८३ साउन २१ गते बिहीबार

आईसीसी विश्वकप छनोटः नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित

आईसीसी विश्वकप छनोटः नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार ७ गते बिहीबार ०९:००

आउने अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने आशा जीवित राख्न नेपालले यो समूहमा शीर्ष तीनभित्र रहेर सुपर सिक्समा पुग्नुपर्छ ।

पोखरा

आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत बिहीबार भएएको खेलमा वेस्ट इन्डिजसँग नेपाल फराकिलो अन्तरले पराजित भएको छ ।

२ पटकको विश्वकप विजेता टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग नेपाल १ सय १ रनले पराजित भएको हो ।

जिम्बाव्वेको हरारेमा भएको खेलमा नेपालले ३ सय ४० रनको विशाल लक्ष्य पाएको थियो । उक्त लक्ष्य पछ्याउँदै नेपालले ४९.४ ओभरमा २३८ रनमा अल आउट भएको हो ।

२८.१ ओभरमा १२९ रन बनाउँदा ६ विकेट गुमाएको नेपालको स्कोर आरिफ शेख र गुल्सन झाले केही उकासेका थिए । उनीहरुले सातौं विकेटका लागि ६८ रनको साझेदारी गरे ।

गुल्सन ४२ रन बनाएर आउट भए । आरिफ ६३ रन बनाउँदै आउट भए ।

ओपनर कुशल भुर्तेल ५ रनमा र तेस्रो क्रममा आएका भीम सार्की २ रनमा आउट भएपछि नेपाल सुरुमै दबाबमा परेको थियो ।

त्यसअघि, वेष्ट इण्डिजले निर्धारित ओभरमा ७ विकेट गुमाएर ३३९ रनको योगफल बनाउँदा दुई ब्याटरले शतकीय पारी खेले ।

बिहानी विकेट कन्डिसनमा ब्याटिङका लागि संघर्षरत वेस्ट इन्डियन ब्याटरहरुले मध्य ओभरमा शानदार प्रदर्शन गरेका थिए ।

प्रतियोगिताको समूह ए मा रहेको नेपालले यसअघि नेपालले पहिलो खेल घरेलु टोली जिम्बाव्वेसँग ८ विकेटले गुमाएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो ।

आउने अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने आशा जीवित राख्न नेपालले यो समूहमा शीर्ष तीनभित्र रहेर सुपर सिक्समा पुग्नुपर्छ ।

प्रकाशित मिति २०८० असार ७ गते बिहीबार ०९:००
हजुरको प्रतिक्रिया