२०८३ साउन २१ गते बिहीबार

साेमबार एकैदिन पाेखराका १३० संक्रमित, प्रदेशभर १९७ जना थपिए

साेमबार एकैदिन पाेखराका १३० संक्रमित, प्रदेशभर १९७ जना थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक २४ गते सोमबार ०६:१३

पाेखरा । साेमबार पाेखरा महानगरपालिकाका थप १३० जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । पछिल्लाे समय पाेखरा काेराेनाकाे हटस्पट बन्दै गएकाे छ भने दिनहुँ डेढसयकाे हाराहारीमा संक्रमित थपिएका छन । साेमबार पाेखराका १३० जनासहित...

प्रदेशभर कुल संक्रमितकाे संख्या ९ हजार ३५५ पुग्याे

पाेखरा । साेमबार पाेखरा महानगरपालिकाका थप १३० जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । पछिल्लाे समय पाेखरा काेराेनाकाे हटस्पट बन्दै गएकाे छ भने दिनहुँ डेढसयकाे हाराहारीमा संक्रमित थपिएका छन ।

साेमबार पाेखराका १३० जनासहित गण्डकी प्रदेशभर १९७ जना संक्रमित थपिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।  जसअनुसार नवलपरासी पूर्वका २९ जना, स्याङजाका १६ जना, तनहुँका १३ जना, गाेरखाका ४ जना, लमजुङका २ जना, पर्वतका ३ जना संक्रमित बनेकाे निर्देशनालयले उल्लेख गरेकाे छ ।

यससंगै गण्डकी प्रदेशमा हालसम्म काेराेना भाइरसकाे संक्रमणबाट संक्रमित हुनेकाे संख्या ९ हजार ३५५ पुगेकाे छ ।

प्रकाशित मिति २०७७ कात्तिक २४ गते सोमबार ०६:१३
हजुरको प्रतिक्रिया