२०८३ साउन २१ गते बिहीबार

साफ च्याम्पियनसिपमा आज भारतविरुद्ध जित्नै पर्ने दबाबमा नेपाल

साफ च्याम्पियनसिपमा आज भारतविरुद्ध जित्नै पर्ने दबाबमा नेपाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार ९ गते शनिबार ०८:०६

भारत र नेपालबीच अहिलेसम्म २३ खेल हुँदा भारत १६ खेलमा विजयी भएकाे छ । नेपालले २ खेलमात्र जितेको छ भने ५ खेल बराबरी भएको छ ।

पोखरा

भारतको बेङलुरुमा जारी साफ च्याम्पियनसिपमा आज नेपालले चिरपरिचित प्रतिष्पर्धी भारतसँग खेल्दै छ । यो खेल कान्तिराभा रंगशालामा नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ ।
पहिलो खेलमा कुवेतसँग ३–१ गोलको पराजित नेपालले साफ च्याम्पियनसिपको दोस्रो खेलमा साबिक विजेता तथा घरेलु टोली भारतको सामना गर्दैछ ।

पहिलो खेल गुमाएको नेपाल सेमिफाइनलमा पुग्न भारतविरुद्ध जित्नै पर्ने दबाबमा छ । तर साफको इतिहास हेर्ने हो भने भारत सँधै नेपालको तगारो बन्दै आएको छ । भारत र नेपालबीच अहिलेसम्म २३ खेल हुँदा भारत १६ खेलमा विजयी  भएकाे छ । नेपालले २ खेलमात्र जितेको छ भने ५ खेल बराबरी भएको छ । फिफाको १०१ औं स्थानमा रहेको भारत साफ क्षेत्रको वरियतामा शीर्ष स्थानमा छ । भने नेपाल वरियताको १७४ औं स्थानमा छ ।

 

प्रकाशित मिति २०८० असार ९ गते शनिबार ०८:०६
हजुरको प्रतिक्रिया