२०८३ असोज २४ गते शनिबार

आइसिसी क्रिकेटमा आज नेपाल जित्नै पर्ने दबाबमा

आइसिसी क्रिकेटमा आज नेपाल जित्नै पर्ने दबाबमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार ९ गते शनिबार ०८:१०

नेदरल्याण्ड्ससँगको खेलको लागि नेपालले जिम्बाबेमा पर्याप्त तयारी गरेको नेपाल क्रिकेट संघले क्यानले जनाएको छ ।

पोखरा

नेपालले आइसिसी एक दिवसीय विश्वकप क्रिकेट छनोटमा आज नेदरल्याण्ड्ससँग खेल्दैछ । सुपर सिक्समा पुग्न नेपालले आज खेल जित्नै पर्ने दबाब छ । नेपालले नेदरल्याण्ड्सलाई हराएर मात्रै नहुने र अरु टिमको नतिजामा पनि भर पर्नुपर्नेछ । समूह ‘ए’ मा दुबै खेल जितेका वेष्ट इन्डिज पहिलो र जिम्बाबे दोस्रो स्थानमा छन् ।  खेल नेपाली समय अनुसार दिउँसाे पाैने १ बजे सुरू हुनेछ ।

नेदरल्याण्ड्सले २ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा छ, ३ खेलमा दुई अंक जोडेको नेपाल चौथो र ३ खेलमा जितविहीन रहेको अमेरिका पुछारमा छन् । शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् । नेदरल्याण्ड्ससँगको खेलको लागि नेपालले जिम्बाबेमा पर्याप्त तयारी गरेको नेपाल क्रिकेट संघले क्यानले जनाएको छ ।

 

प्रकाशित मिति २०८० असार ९ गते शनिबार ०८:१०
हजुरको प्रतिक्रिया