२०८३ असोज २४ गते शनिबार

नेदरल्याण्ड्सविरुद्ध नेपालको खराब ब्याटिङ

नेदरल्याण्ड्सविरुद्ध नेपालको खराब ब्याटिङ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार ९ गते शनिबार ०२:२६

नेदरल्यान्ड्सका तीव्र गतिका बलरले नेपाली ब्याटरलाई निरन्तर दबाबमा राखेका छन् । 

पोखरा

आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले नेदरल्यान्ड्सविरूद्धको खेलमा पहिले ब्याटिङ गरिरहेको छ।

जिम्बावेको टाकासिंगा क्रिकेट क्लबमा नेदरल्यान्ड्सले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेपालले चार विकेट गुमाइसकेको छ।

ओपनर कुशल भुर्तेल १५औं ओभरको पाँचौ बलमा बिक्रमजितको बलमा क्याच भएका छन्। आउट हुनुअघि उनले ४२ बलमा २ चौका हिर्काए। आसिफ शेख तेस्रो शून्यमा भान वीकको बलमा बोल्ड भए।

यस्तै आरिफ शेख ६ रनमा बिक्रमजितकै बलमा भान वीकबाट क्याच भए। यस्तै भीम सार्की १९‍‍औं ओभरको पहिलो बलमा २२ रनमा आउट भए।

ताकाशिंगा स्पोट्र्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा चार विकेट गुमाउँदै ६९ रन बनाएको छ ।

नेदरल्यान्ड्सका तीव्र गतिका बलरले नेपाली ब्याटरलाई निरन्तर दबाबमा राखेका छन् ।

सुपर सिक्समा पुग्ने आशा कायमै राख्न नेपालले यो खेल जित्नै पर्ने हुन्छ ।

समूह चरणको सुरूवाती तीन खेलमध्ये दुई खेलमा हार ब्यहोरेको नेपालका लागि आजको खेल निर्णायक रहने छ। सुपर सिक्स सम्भावना जिवित राख्न नेपाल आज जित्नैपर्ने दबाबमा छ।

समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा आयोजक जिम्बावेसँग ८ विकेटको हार बेहोरेको थियो। दोस्रो खेलमा नेपालले अमेरिकामाथि ६ विकेटको जित निकाल्दै महत्वपूर्ण दुई अंक जोड्यो। यहि जितका कारण नेपालको सुपर-सिक्स सम्भावना कायमै बनेको थियो।

तेस्रो खेलमा दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग निडर प्रदर्शन गरेको नेपाल १०१ रनले पराजित भयो।

समूहमा वेस्ट इन्डिज र जिम्बावे लगातार दुई जित निकाल्दै सुपर-सिक्स नजिक छन्।

यो अवस्थामा एक-एक खेलमा जित निकालेका नेदरल्यान्ड्स र नेपाल यो समूहबाट सुपर-सिक्समा पुग्ने तेस्रो टिम बन्ने समिकरण छ। किनभने लगातार तीन खेलमा पराजित भएको अमेरिका समूह चरणबाटै बाहिरिसकेको छ।

आज नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको अवस्थामा नेपाल सुपर-सिक्समा नपुग्ने एउटा अवस्था भने बाँकी नै हुनेछ।

प्रकाशित मिति २०८० असार ९ गते शनिबार ०२:२६
हजुरको प्रतिक्रिया