२०८३ साउन २१ गते बिहीबार

विश्वकप छनोटबाट नेपाल बाहिरियो

विश्वकप छनोटबाट नेपाल बाहिरियो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार ९ गते शनिबार ०७:२२

जिम्बाव्वे र वेष्टइण्डिङसँग हार र अमेरिकामाथि जित हात पारेको नेपाललाई सुपर सिक्समा पुग्ने सम्भावना कायम राख्न नेदरल्याण्ड्सलाई हराउनैपर्ने थियो ।

पोखरा

ब्याटिङ र बलिङ दुबैमा कमजोर प्रदर्शनसँगै नेपाल नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भएको छ र, विश्वकप छनोट प्रतियोगिताबाट बाहिरिएको छ ।

जिम्बाव्वे र वेष्टइण्डिङसँग हार र अमेरिकामाथि जित हात पारेको नेपाललाई सुपर सिक्समा पुग्ने सम्भावना कायम राख्न नेदरल्याण्ड्सलाई हराउनैपर्ने थियो । तर हरारेमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निकै खराब ब्याटिङ गर्‍यो ।

टिमको स्कोर ७ रन हुँदा ओपनर आशिफ शेखलाई शुन्यमै गुमाएको नेपालका लागि कुशल भुर्तेल र भीम सार्कीले दोस्रो विकेटका लागि ४६ रनको साझेदारी गरे । १४औं ओभरको पाँचौं बलमा भुर्तेल आउट भएपछि नेपालले निरन्तर विकेट गुमायो । नेपालको स्कोर ९५ रन हुँदा महत्वपूर्ण ५ विकेट गुमिसकेको थियो ।

त्यो बेलामा पनि दुई भरपर्दा ब्याट्सम्यान कप्तान रोहितकुमार पौडेल र दीपेन्द्र सिंह ऐरी क्रिजमा थिए । उनीहरुले पनि नेपालको पारी सम्हाल्न सकेनन् । रोहित ३१.५ र ऐरी ३३.५ ओभरमा आउट भए ।

नवौं नम्बरमा ब्याटि गर्न आएका सन्दीप लामिछानेले आठौं विकेटका लागि गुल्सन झासँग ३२ रनको साझेदारी गरे । तर बास डि लिडेले ४२ओं ओभरमा झासँगै करण केसीको विकेट लिए । अन्तिम विकेटका रुपमा आउट हुनुअघि लामिछानेले केही सट खेले, दुई बाउण्ड्री पनि हाने ।

४५औं ओभरको तेस्रो बलमा भान बेकले डी लिडेको हातबाट क्याच गराए । सन्दीप लामिछानेले रोहित ९३३० पछि सर्वाधिक २७ रन बनाए । कुशल भुर्तेलले २७, भीम सार्कीले २२ रन बनाउँदा गुल्सन झाले १५, दीपेन्द्र सिंह ऐरीले १५, कुशल मल्लले १२ रन बनाए । आरिफ शेख ६ र करण केसी मात्र १ रनमा आउट भए ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा नेदरल्याण्ड्सका लोगन भान बेकले सर्वाधिक ४ विकेट लिए भने बास डे लिडल र विक्रमजित सिंहले समान २–२ विकेट हात पारे ।

१६८ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले २७.१ ओभरमा मात्र ३ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

यो समूहबाट वेष्ट इण्डिज, जिम्बाब्वे र नेदरल्याण्ड्स सुपर सिक्समा पुग्दा नेपाल र अमेरिका बाहिरिएको छ ।

अब नेपालले १७ असारमा युएईसँग प्लेअफमा खेल्नेछ ।

प्रकाशित मिति २०८० असार ९ गते शनिबार ०७:२२
हजुरको प्रतिक्रिया