बागलुङ
काँठेखोला गाँउपालिकाले ५६ करोड १२ लाख ३४ हजारको बजेट ल्याएको छ । गाँउपालिकाको तेहै गाँउसभामा पालिका अध्यक्ष तेज बहादुर थापा तिलकले आर्थिक बर्ष ८०-८१ का लागि अनुमानित आय ३६ करोड १२ लाख र पुंजीगत तर्फ २० करोड ३४ लाख गरी ५६ करोग १२ लाख ३४ हजार बजेट सार्वजनिक गरे ।
नेपाल सरकारवाट प्राप्त हुने अनुदान प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र आन्तरीक राजश्व समेत समावेश गरेर बजेट ल्याएको हो ।
काठेखोला गाउँपालिकाको गाउँपालिका स्तरीय कार्यक्रम अन्तरगत बिभिन्न बिषयगत समितिहरु तर्फ १६ करोड ३५ लाख ३४ हजार,आर्थिक विकास तर्फ रु. २ करोड ६३ लाख ५२ हजार पुर्वाधार विकास तर्फ रु. ७ करोड ४३ लाख ९ हजार , सामाजिक विकास तर्फ रु. ४ करोड ६७ लाख २० हजार , सार्वजनिक सेवा तथा क्षमता विकास तर्फ रु. ८९ लाख ८६ हजार वन, वातावरण तथा विपद ब्यवस्थापन तर्फ रु. ७१ लाख ६७ हजार रहेको उपाध्यक्ष थापाद्धारा प्रस्तुत गरिएको बजेट वक्तव्यमा उल्लेख छ ।
बजेटले विशेष गरी कृषि पर्यटन पुर्वाधार, शिक्षा, स्वास्थ्य, प्रशासकिय भवन निर्माणलाई जोड दिएको छ ।
प्रकाशित मिति २०८० असार ११ गते सोमबार १२:३६




