२०८३ असोज २४ गते शनिबार

फेवाताल संरक्षण र बाराही मन्दिर पुनःनिर्माणबारे ध्यान जाओस्ः सांसद पौडेल

फेवाताल संरक्षण र बाराही मन्दिर पुनःनिर्माणबारे ध्यान जाओस्ः सांसद पौडेल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार ११ गते सोमबार ०५:१३

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद पौडेलले फेवाताल संरक्षण गर्न र बाराही मन्दिर पुनःनिर्माणबारे ध्यान दिन माग गरेका हुन्।

पोखरा

प्रतिनिधि सभा सदस्य दामोदर पौडेल बैरागीले पोखराको फेवाताल संरक्षणको मुद्दा संसदमा उठाएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद पौडेलले फेवाताल संरक्षण गर्न र बाराही मन्दिर पुनःनिर्माणबारे ध्यान दिन माग गरेका हुन्।

अन्नपूर्ण पर्यटन क्षेत्रको संरक्षण, विकास र पैदल मार्गको व्यवस्था गर्न उनले संसदमा ध्यानकर्षण गराए ।

त्यस्तै माछापुच्छ्रे पैदल मार्गको लागि व्यवस्था गर्न र घोडेपानी, टाडापानी, खुमैलगायतका महत्वपूर्ण कपर्यटन क्षेत्र विकासका लागि ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

पौडेल कास्की क्षेत्र नं ३ बाट निर्वाचित सांसद हुन् ।

प्रकाशित मिति २०८० असार ११ गते सोमबार ०५:१३
हजुरको प्रतिक्रिया