पोखरा
छङ्गाछुर भीर, हेर्दै कहालीलाग्दो । त्यहीं भीरबाट ५ बर्षअगाडि सडकको ट्रयाक खनियो ।
पैदलै हिँड्नपनि साहस जुटाउनुपर्ने गलेमको भीरबाट अचेल सवारी हुँइकिन्छ ।
बर्खा लागेसँगै बेलाबखतमा पहिरो खसिरहन्छ । भीरबाट खसेका ठुल्ठुला ढुंगाले पैदलै हिँड्न मुस्किल हुन्छ ।
सर्केटारी–आरुखर्क–गलेम–पञ्चासे ग्रामीण सडक खण्डको आरुखर्क–गलेमको २.८ किलोमिटर अक्करे भीर काटेर सडकको ट्रायक खोलिएको हो ।
यो सडकमा पहिरो खसेपछि स्याङजाको फेदीखोला गाउँपालिका–४ का गलेम, राँपु, खामेहाले, टुटेलगाउँका स्थानीय १ घण्टा घुमाउरो चौबिस घुम्टी सडक हुँदै यात्रा गर्छन् । २०५५ सालमा ट्रयाक खोलिएको यो सडक जीर्ण छ ।
भीरको सडक ठाउँ ठाउँमा ढलान गरिएको छ । पहिरो रोक्नलाई छेउमा ग्याबिन जाली भरिएको छ । सडक स्तरोन्नतीको काम भइरहेपनि थोरै बजेटले भीरमा कनिका छरेजस्तै भइरहेको छ ।








प्रकाशित मिति २०८० असार १२ गते मंगलबार ११:१९