२०८३ कात्तिक ११ गते मंगलबार

धौलागिरी अस्पतालमा मनोमानीः मेसुलाई दोब्बर सुविधा

धौलागिरी अस्पतालमा मनोमानीः मेसुलाई दोब्बर सुविधा

रोहन जिसी

@Public 4K Tv

२०८० असार १२ गते मंगलबार ०७:२७

अस्पताल व्यवस्थापन समितिले मेसुलाई काख र आफूहरुलाई पाखाको व्यवहार गरेपछि स्वास्थ्यकर्मी र चिकित्सकमा निराशा छाएको छ ।

बागलुङ

धौलागिरी अस्पताल प्रशासनको मनोमानी बढेको छ । अस्पताल प्रशासनले मनोमानी ढंगले कर्मचारी भर्ती गर्ने र सीमित कर्मचारीको मात्रै सेवासुविधा बढाएको खुलेको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई बेवास्ता गर्दै मेसुको मात्रै सुविधा दोब्बर बनाएको छ ।

धौलागिरी अस्पताल व्यवस्थापन समितिले अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.रविरञ्जन प्रधानलाई तलब बराबरको अतिरिक्त सुविधा थप्ने निर्णय गरेको हो । वैशाख ११ गतेको बैठकले डा. प्रधानमको मात्रै सेवासुविधा बढाउन गरेको निर्णय हालै सार्वजनिक भएको छ ।

अस्पताल व्यवस्थापन समितिले मेसुलाई काख र आफूहरुलाई पाखाको व्यवहार गरेपछि स्वास्थ्यकर्मी र चिकित्सकमा निराशा छाएको छ ।

‘बिहान, बेलुका र अतिरिक्त समयमा समेत कार्यालयको कामकाजमा खट्नु पर्ने भएकोले प्रमुख मेसुलाई नेपाल सरकारले तोकिएको तलब बराबर अस्पताल व्यवस्थापन समितिको तर्फबाट व्यहोर्ने गरि थप अतिरिक्त सुविधा उपलब्ध गराउने निर्णय गरियो’ निर्णयपुस्तिकामा लेखिएको छ ।

डा.रविरञ्जन भने कार्यकक्षमा सामाजिक सञ्जालमा व्यस्त भएको उनकै टिकटकले पुष्टि गर्छ । नेपाल सरकारले कार्यालय समय र कर्मचारी पोशाकमा टिकटक बनाउन निषेध गरेपनि उनको अटेरी देखिन्छ ।

अस्पतालका प्रशासकीय अधिकृत तेजप्रसाद न्यूरेले मेसुको मात्रै सेवा सुविधा थप भएपनि अन्य चिकित्सककोसमेत बढाउने विषयमा छलफल भइरहेको बताए । धौलागिरी अस्पताल पछिल्लो समय आफन्त र दलका कार्यकर्ता भर्ती केन्द्र बनिरहेको छ ।

प्रकाशित मिति २०८० असार १२ गते मंगलबार ०७:२७

हजुरको प्रतिक्रिया