पोखरा
आज हरिशयनी एकादशी । पोखरासहित देशभरका भगवान विष्णुका मन्दिर र घरघरमा तुलसी रोपेर मनाइँदैछ ।
हरेक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरका तुलसी मठमा तुलसीको बिरुवा रोपेर चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरु भएको छ ।
एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतिकका मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।
आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भन्ने गरिन्छ ।
प्रकाशित मिति २०८० असार १४ गते बिहीबार ११:५५