२०८३ साउन २१ गते बिहीबार

प्रदेशस्तरीय महिला भलिबलमा म्याग्दी च्याम्पियन

प्रदेशस्तरीय महिला भलिबलमा म्याग्दी च्याम्पियन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार १६ गते शनिबार ०७:३६

पर्वतलाई ३–२ को सेटमा हराउँदै म्याग्दीले उपाधि जितेको हो ।

पोखरा

गण्डकी प्रदेशस्तरीय महिला भलिबलको उपाधि म्याग्दी जिल्लाले जितेको छ ।

पोखरा रंगशालाको बहुउदेश्यिय कभर्डहलमा भएको फाइनल खेलमा पर्वतलाई ३–२ को सेटमा हराउँदै म्याग्दीले उपाधि जितेको हो ।

पहिलो सेट बाग्लुङले पर्वतलाई २५–१५ अंकमा पराजित ग¥यो । दोस्रो सेटमा पर्वतले २५–२३ को जित निकाल्यो । म्याग्दीले लय गुमाउदा तेस्रो सेट पनि पर्वतले २५–१७ को जीत हासिल ग¥यो ।

चौथो सेटमा म्याग्दीले पुनरागमन गर्दै २५–१७ अंकको जीत निकाल्दै उपाधि होड नजिक पुग्यो । अन्तिम सेटमा १५–१० को जीत दर्ता गराउँदै म्याग्दीले उपाधि रक्षा गरेको हो ।

उपाधिसँगै म्याग्दीले १ लाख रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको पर्वतले ७० हजार रुपैयाँमा चित्त बुझायो ।

शनिबार नै भएको सेमिफाइनल खेलमा म्याग्दीले बाग्लुङलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । पर्वतले स्याङजालाई हराउँदै म्याग्दीसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

तेस्रो स्थानका लागि बाग्लुुङ र स्याङजा मैदान उत्रिएका थिए । बाग्लुङले स्याङजालाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ ।

बागलुङले पहिलो सेट १९–२५ ले गुमाएको थियो । पहिलो सेट गुमाएको बाग्लुङले उत्कृृष्ट पूनरागमनसहित लगातार तीन सेट जीत हासिल ग¥यो । क्रमशः २५–१२, २५–२३ र २५–१५ ले पराजित गर्दै बाग्लुङ तेस्रो भएको हो ।
बाग्लुङले ४० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

गण्डकी प्रदेश खेलकुद परिषद्ले आयोजना गरेको प्रतियोगिता बिहिबारदेखि सुरु भएको हो । गण्डकीका ११ वटै जिल्लाको सहभागिता थियो ।

प्रकाशित मिति २०८० असार १६ गते शनिबार ०७:३६
हजुरको प्रतिक्रिया