२०८३ साउन २१ गते बिहीबार

यूएईले नेपाललाई दियो १८२ रनको लक्ष्य

यूएईले नेपाललाई दियो १८२ रनको लक्ष्य

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार १७ गते आइतबार ०४:४५

पाेखरा । विश्वकप क्रिकेट छनोटको प्ले अफका लागि यूएई विरुद्धको खेलमा जितका लागि नेपालले १८२ रनकाे लक्ष्य प्राप्त गरेकाे छ । टस जितेर फिल्डिङ रोजेको नेपालले करण केसी र सन्दिप लामिछानेकाे उत्कृष्ट बलिङ प्रदर्शनमा यूएईलाई सस्तैमा...

पाेखरा । विश्वकप क्रिकेट छनोटको प्ले अफका लागि यूएई विरुद्धको खेलमा जितका लागि नेपालले १८२ रनकाे लक्ष्य प्राप्त गरेकाे छ ।

टस जितेर फिल्डिङ रोजेको नेपालले करण केसी र सन्दिप लामिछानेकाे उत्कृष्ट बलिङ प्रदर्शनमा यूएईलाई सस्तैमा समेट्न सफल रह्याे । हरारेस्थित टाकासिंगा स्पोर्टस् क्लबमा भएको खेलमा यूएईले ४६.५ बल खेल्दै सबै विकेट गुमाएर १८१ रन बनाएको हो ।

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान ३/३ विकेट लिए। नेपालका लागि प्रतिस जिसी, गुलशन झा र दिपेन्द्रसिंह एरीले व्यक्तिगत १-१ विकेट लिए।

यूएईका लागि कप्तान भ्रितिया अरबिन्दले सर्वाधिक ४४, रोहन मुस्ताफाले ३५ र वसिल हमिदले २९ रनको योगदान दिए। त्यसैगरी ओपनर आर्यन शर्माले २८ रन जोड्न सफल भए। यूएईका ५ जना ब्याट्सम्यान दोहोरो स्कोर नगरी बाहिरिए ।

यूएईसँगको खेलमा ज्ञानेन्द्र मल्ल, अर्जुन साउद र प्रतिश जिसी प्लेइङ इलाभेनमा परेका छन् । जिम्बाव्वेको हरारेमा चलिरहेको विश्वकप छनोटका समूह चरणको खेलमा यी तीनै जनाले खेल्न पाएका थिएनन् । कुशल मल्ल, आरिफ शेख र ललित राजवंशीलाई आराम दिँदै उनीहरुलाई मैदान उतारिएको हो ।

विश्वकपको सुपर सिक्समा पुग्न नसकेको नेपालले यूएईसँग प्ले अफ खेल्न लागेको हो । याे खेलको विजेताले सातौं स्थानका लागि आयरल्याण्डसँग र पराजित टिमले नवौं स्थानका लागि अमेरिकासँग खेल्ने छ ।

प्रकाशित मिति २०८० असार १७ गते आइतबार ०४:४५
हजुरको प्रतिक्रिया