२०८३ साउन २१ गते बिहीबार

विशेष

राजकुमारको बिहेमा विदा दिएर उत्सव मनाउँदै लोमान्थाङ

राजकुमारको बिहेमा विदा दिएर उत्सव मनाउँदै लोमान्थाङ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार १८ गते सोमबार १२:३७

उपल्लो मुस्ताङका अहिलेका सांस्कृतिक राजा भिग्मे सिंगे पलवर बिष्ट २६ औं पुस्ताको हुन् । उनका दुई छोरा र एक छोरी छन्

पोखरा

देशबाट राजसंस्था हटे पनि उपल्लो मुस्ताङले भने अहिले पनि सांस्कृतिक राजालाई मान्दै आएको छ । यतिबेला उपल्लो मुस्ताङमा राजा भिग्मे सिंगे पलवर बिष्ट मुस्ताङी सांस्कृतिक राजाका रुपमा छन् ।

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले सोमबार उनै सांस्कृतिक राजाका ज्येष्ठ छोरा रानकुमार झिग्मी धिण्डुप फुन्छोक पलवर बिष्टको विवाहमा सार्वजनिक बिदा दिएको छ ।

राजकुमारको बिहे उत्सवका अवसरमा लोमान्थाङ गाउँपालिका क्षेत्रमा विविध ऐतिहासिक, धार्मिक, सांस्कृतिक कार्यक्रमसमेत आयोजना हुने भएकाले गाउँपालिकाले सार्वजनिक बिदा दिने घोषणा गरेको अध्यक्ष टसी न्हर्वु गुरुङले जानकारी दिए ।

गाउँपालिकाले राजकुमारको बिहेको दिन आफ्नो कार्यालयको सेवासँगै पालिका मातहतका सम्पूर्ण कार्यालयहरू र शिक्षण संस्था आज १ दिनका लागि बन्द गर्ने निर्णय गरेर विवाहलाई उत्सवका रुपमा मनाउन लागिएको गुरुङको भनाइ छ । गाउँपालिका उपाध्यक्ष टसी न्हर्वु गुरुङका अनुसार अहिले लोमान्थाङ दरबारमा विवाहको सांस्कृतिक कार्यक्रम चलिरहेको छ ।


दरबारमा सांस्कृतिक विवाह कार्यक्रम गरेर अन्य कार्यक्रम राजकुमारले नै लोममान्थाङमा चलाएको रिसोर्टमा हुने उपाध्यक्ष विष्टले जानकारी दिइन् । उपल्लो मुस्ताङका अहिलेका सांस्कृतिक राजा भिग्मे सिंगे पलवर बिष्ट २६ औं पुस्ताको हुन् । उनका दुई छोरा र एक छोरी छन् ।

मुस्ताङ सांस्कृतिक राजाको ज्येष्ठ सुपुत्रको छोराको बिहेमा सामेल हुन लोमान्थाङ र लोघघेकर दामोदरकुण्ड गाउँपालिकाका सबै नागरिकहरू अहिले लोमान्थाङमा उपस्थित भइरहेको उपाध्यक्ष विष्टले जानकारी दिइन् । विवाहसँगै विभिन्न सांस्कृतिक नाच र कार्यक्रम पनि देखाइने उनले बताइन् ।

प्रकाशित मिति २०८० असार १८ गते सोमबार १२:३७
हजुरको प्रतिक्रिया