२०८३ साउन २१ गते बिहीबार

आयरल्यान्डले टस जित्याे, नेपालले पहिले ब्याटिङ गर्ने

आयरल्यान्डले टस जित्याे, नेपालले पहिले ब्याटिङ गर्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार १९ गते मंगलबार १२:५०

जिम्बाब्वेमा भइरहेको आईसीसी एक दिवसीय विश्वकप छनोटअन्तर्गत सातौं स्थानको प्लेअफको लागि नेपालले अहिले नेपालले टेष्ट राष्ट्र आयरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । आयरल्याण्डले टस जितेर क्षेत्ररक्षण राेजेपछि नेपाली टाेलीले पहिले...

टेस्ट राष्ट्रविरुद्ध पहिलो जितकाे खाेजि

जिम्बाब्वेमा भइरहेको आईसीसी एक दिवसीय विश्वकप छनोटअन्तर्गत सातौं स्थानको प्लेअफको लागि नेपालले अहिले नेपालले टेष्ट राष्ट्र आयरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । आयरल्याण्डले टस जितेर क्षेत्ररक्षण राेजेपछि नेपाली टाेलीले पहिले ब्याटिङकाे निम्ताे पाएकाे छ ।

विश्वकप छनोटबाट बाहिरिसकेको नेपालका लागि आयरल्याण्डविरुद्धको खेल यो प्रतियोगितामा अन्तिम हुनेछ ।

अर्कोतर्फ नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा आयरल्याण्डसँग पहिलो पटक खेल्दैछ । टी-२० अन्तर्राष्ट्रियमा भने नेपालले आयरल्याण्डसँग ३ खेल खेलिसकेको छ र सबैमा पराजित भएको थियो । नेपालले जारी विश्वकप छनोटमा तेस्रो पटक टेष्ट मान्यता टोलीसँग खेल्दैछ । जुन नेपालको लागि अर्को महत्वपूर्ण अवसर समेत हो ।

समूह ए मा रहेको नेपालले यसअघि घरेलु टोली जिम्बाब्वे र दुई पटकको विश्वकप विजेता वेष्ट इन्डिजसँग खेलिसकेको छ । दुवै टोलीसँग नेपाल पराजित भएको थियो ।

समूहमा पाँच टोलीमध्ये चौथो भएको नेपाल सुपर सिक्समा पुग्न असफल भएपछि सातौंदेखि दशौं स्थानसम्मको वरीयताका लागि प्लेअफ खेलेको थियो । जहाँ प्लेअफ सेमिफाइनलमा नेपालले समूह बी को पाँचौ स्थानमा रहेको यूएईलाई हराएर आयरल्याण्डसँग सातौं स्थानको प्लेअफका लागि भेट पक्का गरेको हो ।

नेपालले समूह चरणमा तीन खेल हार्दा अमेरिकालाई मात्र पराजित गरेको थियो । जिम्बाब्वेसँग पहिलो खेलमै ८ विकेटले पराजित भएको नेपालले अमेरिकालाई ६ विकेटले हराएर सुकर सिक्स आशा कायम राखेको थियो । तर वेष्ट इन्डिजसँग १०१ रन र नेदरल्याण्ड्ससँग ७ विकेटले हारेपछि नेपाल सुपर सिक्समा पुग्न सकेन ।

समूह बी मा खराब प्रदर्शन गर्दै शीर्ष तीनमा अटाउन असफल भएपछि आयरल्याण्डको पनि विश्वकप खेल्ने सपना समाप्त भयो र प्लेअफमा धकेलियो । जहाँ आयरल्याण्डले अमेरकालाई हराएर सातौं स्थानको प्लेअफका लागि स्थान बनाएको हो ।

आयरल्याण्डले आफ्नो समूहमा यूएईलाई मात्र हराउन सकेको थियो भने ओमान, स्कटल्याण्ड र श्रीलंकासँग पराजित भएको थियो ।

आयरल्यान्डविरुद्धको टोलीमा नेपालले दुई परिवर्तन गरेको छ। यसअघि प्लेअफमा युएईविरुद्ध खेलेका आरिफ शेख र प्रतिश जिसीको स्थानमा कुसल मल्ल र किशोर महतोले मौका पाएका छन्।

नेपाली टोलीमा कुसल भुर्तेल, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, करण केसी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, गुल्सन झा र भीम सार्की रहेका छन्।

प्रकाशित मिति २०८० असार १९ गते मंगलबार १२:५०
हजुरको प्रतिक्रिया