२०८३ साउन २१ गते बिहीबार

काेराेना अपडेट : यस्ताे छ गण्डकी प्रदेश र कास्कीकाे ताजा अवस्था

काेराेना अपडेट : यस्ताे छ गण्डकी प्रदेश र कास्कीकाे ताजा अवस्था

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक २५ गते मंगलबार ०६:२३

पाेखरा । गण्डकी प्रदेशमा काेराेना भाइरसका कुल संक्रमितकाे संख्या ९ हजार ५२१ पुगेकाे छ । प्रदेशमा हालसम्म ९७ हजार १६७ जनाकाे स्वाब परिक्षण गर्दा साे संख्याका संक्रमित भेटिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ...

पछिल्लाे २४ घण्टाकाे अपडेटसहित

पाेखरा । गण्डकी प्रदेशमा काेराेना भाइरसका कुल संक्रमितकाे संख्या ९ हजार ५२१ पुगेकाे छ । प्रदेशमा हालसम्म ९७ हजार १६७ जनाकाे स्वाब परिक्षण गर्दा साे संख्याका संक्रमित भेटिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

 

यसैगरि प्रदेशमा काेराेना संक्रमणकै कारण हालसम्म् १ सय १२ जनाले ज्यान गुमाएका छन् । ४ हजार ९६५ जना निकाे भएर घर फर्केका छन् भने प्रदेशभर हाल ४ हजार ४४४ जना सक्रीय संक्रमित रहेकाे निर्देशनालयले उल्लेख गरेकाे छ ।

 

गत २४ घण्टामा प्रदेशभर कुल ६३३ जनाकाे स्वाब परिक्षण भएकाे छ भने जसमा १६६ जना संक्रमित भेटिएका छन् । याे २४ घण्टामा १९ जना निकाे भएका छन् भने थप १ जनाले ज्यान गुमाएका छन् । प्रदेशभर हाल १ हजार ७५२ जना हाेम आइसाेलेसनमा रहेकाे निर्देशनालयले जनाएकाे छ । पछिल्लाे २४ घण्टाकाे परिक्षण अनुसार कास्कीका ९८ जना संक्रमित बन्दा गाेरखाका २१ जनामा काेराेना पुष्टि भएकाे छ । यस्तै, पर्वतका १३ जना, तनहुँका १२ जना, स्याङजाका ११ जना, बाग्लुङका ७ जना तथा म्याग्दीका ४ जना संक्रमित बनेका छन् ।

 

यता, कास्कीमा हालसम्म ३ हजार ६६९ जना संक्रमित बनेका छन् । ८११ जना निकाे भएर घर फर्कँदा ४९ जनाले ज्यान गुमाएकाे निर्देशनालयले उल्लेख गरेकाे छ ।

कास्कीमा हाल २ हजार ८०९ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति २०७७ कात्तिक २५ गते मंगलबार ०६:२३
हजुरको प्रतिक्रिया