२०८३ साउन २१ गते बिहीबार

गायक रोबिनको मृत्यु शंकास्पद नदेखिएको प्रहरीको प्रारम्भिक अनुमान

गायक रोबिनको मृत्यु शंकास्पद नदेखिएको प्रहरीको प्रारम्भिक अनुमान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार २० गते बुधबार ०२:०५

आफ्नै घरको कोठामा मृत भेटिएका तामाङको मृत्युबारे  प्रारम्भिक अनुसन्धानमा उनको मृत्यु शंकास्पद नदेखिएको प्रहरीले जनाएको छ ।

पोखरा

गायक तथा कलाकार रोबिन तामाङको आकस्मिक निधनबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

मंगलबार बुढानीलकण्ठस्थित आफ्नै घरको कोठामा मृत भेटिएका तामाङको मृत्युबारे  प्रारम्भिक अनुसन्धानमा उनको मृत्यु शंकास्पद नदेखिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलमा गरेको अनुसन्धानले उनको मृत्यु हृदयघातका कारण भएको प्रारम्भिक निष्कर्षमा देखिएको प्रहरी प्रभाग बूढानीलकण्ठका प्रहरी निरीक्षक दिपेन्द्र चन्दले बताए ।

तर पोष्टमार्टम रिर्पोट नआई यसै भन्न नसकिने उनको भनाई छ । मंगलबार साँझ ६ बजे  रबिनको परिवारजनको फोन नउठाएको भन्दै प्रहरीमा सूचना आएलगत्तै चन्द नेतृत्वको एक टोली उनको घर पुरगेको थियो । रोबिनको चार वर्ष पहिल्यै डिभोर्स भएको र उनी एक्लै बस्दै आएकाले उनको मृत्युबारे तत्काल केही भन्न नसक्ने बूढानीलकण्ठ नगरपालिकाका नगर प्रवक्ता नवराज  भट्टर्राले जानकारी दिए ।

प्रहरीका अनुसार गायकको शव भेटिदाँ उनको कोठाको ढोका भित्रबाट लक गरिएको  थियो । प्रहरीले रोबिनलाई कोठामा देखेपछि ढोकाको लक फोरेर उनलाई अस्पताल लगेको हो । तर, उनको शरीर घटनास्थलमै चिसो भैसकेको प्रहरी निरीक्षक दिपेन्द्र चन्दले बताए।

रोबिनको शव पोष्टमार्टमका लागि टिचिङ अस्पतालमा राखिएको र पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको कारणबारे केही बताउन सकिने प्रहरीले जानकारी दिएको छ ।  गायक तामाङको मुगलान एल्बम निकै रुचाईएको मध्येको एक हो । उनले दर्जनौँ गीतमा आफ्नो स्वर दिएका त छन् नै ‘छड्के’ चलचित्रमा समेत अभिनय गरेका थिए  ।

प्रकाशित मिति २०८० असार २० गते बुधबार ०२:०५

हजुरको प्रतिक्रिया