पोखरा
बैंकर डा. बुद्धि मल्लको किताब ‘सफलता सम्भव छ’ को पोखरामा शनिबार गृह लोकापर्ण गरिएको छ । गत असार ३ गते काठमाडौंमा सार्वजनिक भएको किताबको शनिबार पोखरामा गृह लोकापर्ण भएको हो ।
अहिले एनएमवि बैंकका सहायक महाप्रबन्धकसमेत रहेका डा। मल्लले आफूले प्राप्त गरेका तथा पहिल्याएका सफलताका सूत्र र अनुभव, ज्ञानलाई ‘सफलता सम्भव छ’ नाम दिएर किताबका रुपमा बजारमा ल्याएका छन् । पोखराबाट बैंकिङ क्षेत्रमा लागेका डा। मल्लले जीवनमा सफलताका निचोड तथा सुझावबाट समाजमा व्याप्त नकारात्मकता हटाउन सहयोग पुग्ने किताब ल्याएका हुन् ।
पोखरेली युवा सांस्कृतिक परिवारले ४१ वटा शीर्षकमा समेटिएको सफलताका सहयोगी सूत्र र सकरात्मक ऊर्जा दिने किताबको गृह लोकापर्णको आयोजना गरेको हो । लोकापर्णपछि बोल्दै वरिष्ठ साहित्यकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले जीवनलाई सफलतापूर्वक बिताउनका लागि मल्लको किताब सहयोगी हुने बताए ।
डा। मल्ल आफैं पनि ठूलो संघर्ष र सकरात्मक सोचले नै अहिले बैंकको सहायक महाप्रबन्धकसम्म पुगेका हुन् । ५ वर्ष कतारमा रोजगारी गरी फर्किएका मल्लले पढाइलाई निरन्तरता दिँदै बैंकिङ क्षेत्रमा प्रवेश गरेका थिए भने विद्यावारिधीसमेत गर्न सफल भएका छन् । सांसरका धेरै संघर्ष र प्रेरणादायी कथाहरुलाई उनेर मल्लले पाठकमाझ पस्किएको समीक्षक ईश्वरमणि अधिकारीले बताए ।
रोजगारीका सिलसिलामा ५ वर्ष कतारमा बिताउँदा धेरै चत्रचित्र र क्रिकेटसँगै जीवनलाई नजिकबाट बुझेका मल्लले किताब लेख्नुका पछाडिका कारणहरु पनि खोले । जीवनमा केही गर्ने आफूभित्रको आगोले आफूलाई लक्ष्यतिर पु¥याउने भन्दै प्ररेणादायी किस्साहरु पनि मल्लले सुनाए ।
पत्रकार सञ्जय मल्लले कडा परिश्रम, दृढ संकल्प र लगनशीलताको आधारमा किताब निर्मित भएको र किताबमा जस्तै मल्लको जीवनले प्रमाणित गरेको बताए । साहित्यका विभिन्न आयामहरुममाथि कार्यक्रम गर्दै आएको पोखरेली युवा सांस्कृतिक परिवारले ममानिसका जीवनलाई सहयोग पुग्ने मल्लको किताबको अपनत्व पोखराले लिनुपर्छ भन्ने हेतुले गृह लोकापर्ण राखिएको बताए ।
प्रकाशित मिति २०८० असार २३ गते शनिबार ०३:०४




