२०८३ साउन २१ गते बिहीबार

विशेष

सवारी चालक अनुमति पत्रको कार्यालय लेखनाथमा खोल्न अध्ययन हुँदै

सवारी चालक अनुमति पत्रको कार्यालय लेखनाथमा खोल्न अध्ययन हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार २४ गते आइतबार ०१:०७

लाइसेन्स पाउनका लागि घन्टौ लाइनमा बस्नुपर्ने, ट्रायल दिनका लागि पनि प्रशस्त ठाउँ नपुगेकाले गण्डकी सरकारले लेखनाथ क्षेत्रमा वैकल्कि कार्यालय खोल्न तयारी गरेको हो

१ महिनाभित्र प्रतिवेदन बुझाइने

पोखरा

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्रको कार्यालय पुरानो लेखनाथ क्षेत्रमा बिस्तार गर्ने तयाारी भएको छ । पृथ्वीचोकस्थित लाइसेन्सको कार्यालय साँघुरो र भिड पनि हुने गरेकाले यसैको अर्को कार्यालय लेखनाथ क्षेत्रममा खोल्ने तयारी भएको हो ।

पृथ्वीचोकस्थित वारीपारीजस्तै नजिकै यातायात व्यवस्था सवारी र अनुमति पत्रका कार्यालय छन् । लाइसेन्स पाउनका लागि घन्टौ लाइनमा बस्नुपर्ने, ट्रायल दिनका लागि पनि प्रशस्त ठाउँ नपुगेकाले गण्डकी सरकारले लेखनाथ क्षेत्रमा वैकल्कि कार्यालय खोल्ने तयारी गत वैशाखमै सुरु गरेको हो ।

लेखनाथ कार्यालय स्थापना गर्नका लागि गत वैशाख ७ गते बसेको मन्त्रिपरिषदको बैठकले सम्भाव्यता अध्ययनका लागि सैद्धान्तिक अनुमति दिएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकै प्रस्तावमा तत्कालीन मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको मन्त्रिपरिषदले सम्भावता अध्ययनका लागि सहमति दिएको थियो ।

भौतिक पूर्वाधार मन्त्रालयले १ महिनाभित्र प्रतिवेदन बुझाउने तयारी गरेको प्रशासन तथा यातायात व्यवस्था महाशाखाका प्रमुख टीकाराम पौडेलले जानकारी दिए । उपयुक्त जग्गाको खोजि भइरहेको र प्रदेश ट्राफिक कार्यालय, इलाका प्रशासन कार्यालय क्षेत्रमा जग्गामा पनि हेरिएको पौडेलको भनाइ थियो ।

अहिले लाइसेन्स कार्यालयमा कर्मचारीको अभाव पनि भएको तर सेवाग्राहीको ठूलो चाप भने नभएकाले तत्काल प्रक्रिया अगाडि बढाउने कि पृथ्वीचोककै कार्यालयलाई पूर्ण रुपमा चलाउने पनि छलफलकै क्रममा छ । अहिले दैनिक नयाँ लाइसेन्सका ५ सय १९ जनाको कोटो तोकिएको छ ।

३३ स्थायी र करार ७  कर्मचारी आवश्यक पर्नेमा २८ कार्यरत रहेको र कर्मचारीको पदपूर्तीमात्रै गर्न सक्ने हो भने पनि धेरै सहज हुने कार्यालय प्रमुख जीतेन्द्रजंग केसीले जानकारी दिए ।

प्रकाशित मिति २०८० असार २४ गते आइतबार ०१:०७
हजुरको प्रतिक्रिया