२०८३ असोज २४ गते शनिबार

पृथ्वी राजमार्गमा मापदण्डमा परेका संरचना हटाउन सुरु

पृथ्वी राजमार्गमा मापदण्डमा परेका संरचना हटाउन सुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार २५ गते सोमबार ११:५१

एक महिना अगाडि नै मापदण्डभित्र परेका संरचना हटाउन जानकारी दिइएको भए पनि अटेरी गरेकालाई हटाउन लागिएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए ।

पोखरा

पृथ्वी राजमार्ग अन्तर्गत पोखरा पृथ्वीचोकदेखि विजयपुर खोलासम्म राजमार्गको दायाँबायाँ (२३ मिटर) मापदण्डभित्र परेका संरचनामाथि पोखरा महानगरले सोमबारदेखि हटाउन सुरु गरेको छ ।

एक महिना अगाडि नै मापदण्डभित्र परेका संरचना हटाउन जानकारी दिइएको भए पनि अटेरी गरेकालाई हटाउन लागिएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए । उनका अनुसार स्थायीअस्थायी गरेर ६० भन्दा संरचनामा डोजर चलाउन लागेको हो ।

‘बाटोका लागि एडिबीको टिम पर्सि आउँदैछ । त्यो भन्दा अगाडि राजमार्गको राइट अफ वे क्लियर गरौं भनेर महानगरले सहजीकरण गर्न लागेको हो’, मेयर आचार्यले भने ।

राजमार्ग विस्तार गर्न एसियाली विकास बैंक (एडिबी)को सहयोगमा ४ लेन बनाउन लागेको हो ।

 

प्रकाशित मिति २०८० असार २५ गते सोमबार ११:५१
हजुरको प्रतिक्रिया