२०८३ साउन २१ गते बिहीबार

आजबाट सोमबारको व्रत सुरु, शिवमन्दिरमा भक्तजनको घुइँचो

आजबाट सोमबारको व्रत सुरु, शिवमन्दिरमा भक्तजनको घुइँचो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार २५ गते सोमबार १०:२५

यस वर्ष साउन महिनामा अधिकमास परेको छ ।

पोखरा

साउने सोमबारको व्रत आजबाट सुरु भएको छ । चन्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत आजदेखि प्रारम्भ भएको हो ।

यस वर्ष साउन महिनामा अधिकमास परेको छ । त्यसैले, चन्द्रमासअनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने भएकाले सोमबारको व्रत यो पटक लामो पर्ने भएको छ ।

हिन्दू धर्मावलम्बी महिलाहरुले भगवान शिवको पूजा आराधना गरी व्रत बस्ने प्रचलन अनुसार शिव मन्दिरहरुमा सोमबार भक्तजनको विशेष घुइँचो लाग्ने गर्छ । देशभरका विभिन्न शिवमन्दिरमा विहानै देखि व्रतालु भक्तजनको भिड लागेको छ ।

प्रकाशित मिति २०८० असार २५ गते सोमबार १०:२५
हजुरको प्रतिक्रिया