२०८३ कात्तिक ११ गते मंगलबार

रुपा गाउँपालिकाका कोरोना संक्रमितको पोखरामा निधन

रुपा गाउँपालिकाका कोरोना संक्रमितको पोखरामा निधन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक २६ गते बुधबार १२:५२

पोखरा । बुधबार कोरोना भाइरसको संक्रमणका कारण पोखरामा थप १ जनाको ज्यान गएको छ । रुपा गाउँपालिका -  ५ का ७२ बर्षीय कोरोना संक्रमित पुरुषको निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गत २४ गते कोरोना संक्रमण पुष्टि भएर पोखरा...

प्रदेशभर हालसम्म १ सय १३ को ज्यान गयो

पोखरा । बुधबार कोरोना भाइरसको संक्रमणका कारण पोखरामा थप १ जनाको ज्यान गएको छ । रुपा गाउँपालिका –  ५ का ७२ बर्षीय कोरोना संक्रमित पुरुषको निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गत २४ गते कोरोना संक्रमण पुष्टि भएर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचाररत उनको बुधबार बिहान उपचारकै क्रममा निधन भएको हो ।  नीजमा निमोनिया, प्रेसर तथा मृगाैलासम्बन्धी समस्या रहेको निर्देशनालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यो संगै गण्डकी प्रदेशभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ सय १३ पुगेको छ ।

प्रकाशित मिति २०७७ कात्तिक २६ गते बुधबार १२:५२
हजुरको प्रतिक्रिया