२०८३ असोज २४ गते शनिबार

पोखरा हङकङ बजारका व्यवसायी ३ महिनादेखि आन्दोलित

पोखरा हङकङ बजारका व्यवसायी ३ महिनादेखि आन्दोलित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार २७ गते बुधबार ०६:५०

कृषि सामग्री लिमिटेडले चैत २१ गते हाल कायम रहेको जग्गा भाडामा ४ सय प्रतिशत बढाएर टेन्डर आह्वान गरेपछि हङकङ बजारका व्यवसायी व्यापारै छाडेर आन्दोलनमा उत्रिएका हुन् । आन्दोलन थालेको करिब ३ महिना बित्न लाग्दासमेत उनीहरुको माग भने सुनुवाइ भएको छैन ।

पोखरा

कृषि सामग्री लिमिटेडले अस्वभाविक रुपमा भाडा बढाउँदै टेन्डर आह्वान गरेपछि पोखरा हङकङ बजारका व्यवसायीले ३ महिनादेखि आफ्नो आन्दोलन जारी राखेका छन् ।

साना व्यवसायीलाई संरक्षण गर्नुको साटो एकाएक अस्वभाविक भाडा बढ्ने गरी टेन्डर आह्वान गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । कृषि सामग्री लिमिटेडले चैत २१ गते हाल कायम रहेको जग्गा भाडामा ४ सय प्रतिशत बढाएर टेन्डर आह्वान गरेपछि हङकङ बजारका व्यवसायी व्यापारै छाडेर आन्दोलनमा उत्रिएका हुन् । आन्दोलन थालेको करिब ३ महिना बित्न लाग्दासमेत उनीहरुको माग भने सुनुवाइ भएको छैन । पोखराका फुटफाथ व्यवसायीलाई व्यवस्थित गर्न भन्दै तत्कालीन पोखरा उपमहानगरपालिका तथा सरोकारवाला निकायले १० वर्षअघि पोखराको पृथ्वीचोक नजिकैको रिक्त जग्गामा स्थानान्तरण गरेको थियो ।

कृषि सामग्री कम्पनी लिमिटेडको स्वामित्वमा रहेको ७ सय रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा त्यतिबेला १२ सय रुपैयां भाडा दिने र वार्षिक ८.३३ प्रतिशतले बढाउँदै लैजाने सहमति अनुसार फुटफाट व्यवसायी स्थान्नतरण भएका थिए ।
त्यतिबेला कृषि सामग्री कम्पनीसँग व्यवसायी नन्दप्रसाद तिवारीले मासिक २ लाख ४४ हजार ५१० रुपैयाँमा १० वर्षका लागि भाडामा लिएका थिए । उनको सम्झौता गत माघ २९ गते सकिइसकेको छ ।

अघिल्लो पटक सम्झौता गरेको म्याद सकिएपछि लिमिटेडले चैत २१ गते मासिक न्युनतम भाडा १२ लाख १५ हजार रुपैयाँ नघट्ने गरी उक्त जग्गाको टेन्डर आह्वान गरेको छ । अस्वभाविक रुपमा जग्गा भाडा मूल्य बढाएर टेन्डर आह्वान भएपछि आफूहरुको सटर भाडा पनि बढ्ने भन्दै त्यहाँका ४ सयभन्दा बढी व्यवसायी आन्दोलित भएका हुन् ।

कृषि सामग्री लिमिटेडले भने आफूहरु प्रक्रिया अनुसार नै टेन्डर आह्वान गरेकोे बताउँदै आएको छ । कम्पनीका योजना महाशाखाका कर्मचारी विष्णु केसीले पहिलो पटक गरिएको टेन्डर सम्झौता गर्न नआएकाले धरौटी जफत गरिएको र अहिले दोस्रो पटकको सम्झौता प्रक्रियामै रहेको जानकारी दिए । उनले टेन्डर प्रक्रिया १५ दिन भित्र टुंगिने जानकारी दिए ।

प्रकाशित मिति २०८० असार २७ गते बुधबार ०६:५०
हजुरको प्रतिक्रिया