२०८३ साउन २१ गते बिहीबार

एनआरएनए कतारको अध्यक्षमा पदम गिरीको उम्मेदवारी

एनआरएनए कतारको अध्यक्षमा पदम गिरीको उम्मेदवारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार २७ गते बुधबार ०८:०६

तनहुँको ऋषिङ घर भएका गिरी २ कार्यकालसम्म महासचिव बने ।

पोखरा

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको अध्यक्ष पदमा पदम गिरीले उम्मेदवारी घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

तनहुँको ऋषिङ घर भएका गिरी २ कार्यकालसम्म महासचिव बने । १४ वर्षदेखि रोजगारीको शिलशिलामा रहेका उनले विगतमा गरेको घोषित कार्यक्रम पूरा गर्न बाँकी रहेकाले अध्यक्षमा उम्मेदवारी दिएको बताए ।

एनसिसी कतारको हरेक गतिविधि श्रमिक मजदुरहरुको पक्षमा अधिकतम् श्रममैत्री बनाउन कोसिस गरेको बताउँदै भने, ‘अझ सशक्त र प्रभावकारी बनाउन भूमिका खेल्नेछु ।

‘विगतको वर्षमा घोषित नेपाली सांस्कृतिक केन्द्र स्थापना गर्न पहल भइरहेको छ । यो काम सम्पन्न गर्न यथासम्भव प्रयास गरिनेछ’, उनले आफ्नो एजेन्डा सुनाए । कतारमा नेपाली श्रमिकका लागि चेतनामूलक कार्यक्रम गर्ने उनको योजना छ ।

२ वर्षे कार्यकालमा नेपालको पर्यटन प्रबद्र्धन गर्ने उनको उद्घोष छ । श्रमिकलाई परेको समस्या समाधान मुख्य एजेन्डा रहेको उनले सुनाए । ‘नेपाली नियोगसंग सहकार्य गर्दै नेपाली समुदायमा आइपरेका समस्या समाधान गर्दै नेपाली श्रमिकको हकहितमा काम गर्नेछु’, गिरीले भने ।

प्रकाशित मिति २०८० असार २७ गते बुधबार ०८:०६
हजुरको प्रतिक्रिया