स्याङजा
स्याङजाको फेदीखोला गाउँपालिका–१ साँल्मेडाँडामा निर्माणाधीन गोरखा स्मारक अलपत्र परेको छ । २०७० असार ९ गतेदेखि निर्माण थालिएको गोरखा स्मारकको कामले तिब्रता नपाउँदा अलपत्र परेको हो ।
पहिलो र दोस्रो विश्वयुद्वमा ८० हजार बढी गोरखा सैनिकले ज्यान गुमाएको तथ्यांक छ । विश्वयुद्वमा ज्यान गुमाएका गोर्खालीको समाधिस्थल बनाउने काम अलपत्र परेको हो । गोरखा भूपू सैनिक संघ (गेसो) ले ८० हजार विर गोर्खालीको समाधिस्थल एकै ठाउँमा बनाउने परिकल्पना गरेर काम सुरु गरेको थियो । नेपाल सरकारले हस्तक्षेप गरेपछि काम अलपत्र परेको गेसोका सभापति पदमबहादुर गुरुङले बताए ।
वरिष्ठ इन्जिनियर शंकरनाथ रिमालको डिजाइनमा विश्वको सरकोर रहने बहुउदेश्यिय परियोजना गोरखासमाधि बनाउँदै गर्दा बेलायत सरकारको प्रलोभनमा नेपाल सरकारले लगानी गर्दा अलपत्र परेको गुरुङको आरोप छ । कस्ले माग गरेर नेपाल सरकारले लगानी ग¥यो रहस्यमै रहेको उनको भनाइ छ ।
हालसम्म करिब १५ करोड रुपैयाँ लगानी भएको छ । जसमा नेपाल सरकारले ८ करोड र गोरखा भूपू सैनिक संघले ७ करोड लगानी गरेको लगानी गरेको गुरुङले जानकारी दिए । ५ चरणमा काम सक्ने गरेर साल्मेडाँडाको गोरखा समाधिस्थलाई पर्यटकीय स्थल बनाउने योजना थियो । २० अर्ब लागत अनुमान गरिएको थियो । पहिलो चरणमा ८० हजार बढीको सम्झनामा गोरखा समाधि निर्माण गर्ने योजना थियो ।
दोस्रो चरणमा बहुलजातीय संग्रहालय निर्माणको योजना बुनेको गेसोमा डिजाइनमा तेस्रो चरणमा बहुलजातीय साँस्कृतिकग्राम बनाउने भनिएको छ । चौथो चरणमा नेपालकै सबैभन्दा अग्लो गोरखा टावर निर्माण गरी विश्वका पर्यटकको ध्यान तान्ने लक्ष्य छ । पाँचौं चरणमा सुस्त गतिमा चल्ने पाँच डिब्बाको पहाडी रेल सञ्चालन गर्ने योजना भएपनि कार्यन्वयन हुने सम्भावना छैन् । पहिलो चरणको गोरखा समाधि निर्माण गर्दा नै काम अलपत्र भएको छ ।
प्रकाशित मिति २०८० असार ३० गते शनिबार ०८:०३



