२०८३ साउन २१ गते बिहीबार

एसिसी इमर्जिङ एसिया कपमा आज नेपालले युएई ‘ए’ सँग खेल्दै

एसिसी इमर्जिङ एसिया कपमा आज नेपालले युएई ‘ए’ सँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन ३ गते बुधबार ०७:५३

समूह ‘बी’ मा रहेका नेपाल र युएई ‘ए’ दुबै टोली समूह चरणबाट बाहिरी सकेका छन् ।

 

पोखरा

एसिसी इमर्जिङ टिम्स एसिया कपमा आज नेपालले अन्तिम खेल खेल्दैछ । अन्तिम खेलमा नेपालले आज युएई ‘ए’ सँग खेल्नेछ । खेल नेपाली समय अनुसार बिहान सवा १० बजे श्रीलंकाको पि.सारा ओभल कोलम्बोमा हुनेछ ।

समूह ‘बी’ मा रहेका नेपाल र युएई ‘ए’ दुबै टोली समूह चरणबाट बाहिरी सकेका छन् । नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेट र दोस्रो खेलमा भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको थियो । युएई पनि भारत र पाकिस्तान ‘ए’ टोलीसँग पराजित भएको थियो ।

प्रकाशित मिति २०८० साउन ३ गते बुधबार ०७:५३
हजुरको प्रतिक्रिया