२०८३ साउन २१ गते बिहीबार

नेपालविरुद्ध यूएई १ सय ५७ रनमै अलआउट

नेपालविरुद्ध यूएई १ सय ५७ रनमै अलआउट

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन ३ गते बुधबार ०२:३५

श्रीलंकामा टस जितेर पहिला ब्याटिङ गरेको यूएई ४४ ओभरमा १५७ रनमा अलआउट भएको हो ।

पोखरा

कुशल भुर्तेलले आक्रामक बलिङ गर्दै ६ विकेट लिएपछि नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा यूएई ए लाई १५७ रनमा अल आउट गरेको छ ।

श्रीलंकामा टस जितेर पहिला ब्याटिङ गरेको यूएई ४४ ओभरमा १५७ रनमा अलआउट भएको हो ।

नेपालका लागि कुशल भुर्तेलले १० ओभरमा ४० रन खर्चेर ६ विकेट लिएका हुन् । ५२ वटा लिस्ट ए खेलेका कुशलले हालसम्म जम्मा ४ विकेट लिएका थिए ।

उनले करिअरको ५३ औं लिस्ट ए खेलमा एकै खेलमा ६ विकेट लिएका हुन् ।

खेलमा मौसम ढकालले २ तथा कुशल मल्ल र पवन सराफले १–१ विकेट लिए ।

प्रकाशित मिति २०८० साउन ३ गते बुधबार ०२:३५
हजुरको प्रतिक्रिया