२०८३ साउन २१ गते बिहीबार

विश्वकप महिला फुटबलमा आज तीन खेल

विश्वकप महिला फुटबलमा आज तीन खेल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन ७ गते आइतबार ०७:१३

शनिबार भएका खेलमा अमेरिका, जापान, बेलायत र डेनमार्क विजयी भएका छन् ।

पोखरा

अष्टेलिया र न्युजल्यान्डले संयुक्त रुपमा आयोजना गरेको फिफा विश्वकप महिला फुटबलमा आज ३ खेल हुँदैछ । पहिलो खेल स्विडेन र दक्षिण अफ्रिकाबीच बिहान १० : ४५ बजे हुनेछ ।

दोस्रो खेल दिउँसो १ः१५ बजे नेदरल्यान्ड र पोर्चुगलबीच हुनेछ । तेस्रो खेल दिउँसो ३ : ४५ बजे जमैका र फ्रान्सबीच हुने फिफाको तालिकामा उल्लेख गरिएको छ । शनिबार भएका खेलमा अमेरिका, जापान, बेलायत र डेनमार्क विजयी भएका छन् ।

अमेरिकाले भियतनामलाई ३—० गोल अन्तरले पराजित गर्दा जापानले जाम्बियालाई ५—० ले पराजित गरेको थियो ।
अर्कोे खेलमा बेलायतले हाइटीलाई १—० ले हराउँदै जित निकाल्यो भने शनिबारको अन्तिम खेलमा डेनमार्कले चिनलाई १—० ले पराजित गरेको छ । ३२ देश सहभागी फुटबल अगस्ट २० सम्म जारी रहनेछ ।

 

प्रकाशित मिति २०८० साउन ७ गते आइतबार ०७:१३
हजुरको प्रतिक्रिया