२०८३ असोज २३ गते शुक्रबार

मूल्य वृद्धिदर ६.५ प्रतिशत कायम

मूल्य वृद्धिदर ६.५ प्रतिशत कायम

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन ७ गते आइतबार ०४:५०

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा ६.५ प्रतिशत मूल्य वृद्धिदर कायम राख्ने लक्ष्य लिएको छ । आईतबार राष्ट्र बैंकले चालु वर्ष २०८०÷८१ को लागि मौद्रिक नीति जारी गर्दै ६.५ प्रतिशतमा मूल्य वृद्धिदर कायम राख्ने गरी मुद्रा...

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा ६.५ प्रतिशत मूल्य वृद्धिदर कायम राख्ने लक्ष्य लिएको छ ।

आईतबार राष्ट्र बैंकले चालु वर्ष २०८०÷८१ को लागि मौद्रिक नीति जारी गर्दै ६.५ प्रतिशतमा मूल्य वृद्धिदर कायम राख्ने गरी मुद्रा प्रवाह गर्ने नीति लिएको हो ।

६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने र मुद्रास्फीति ६.५ प्रतिशतभित्र रहने अनुमान गरेको छ। उपयुक्त लक्ष्य हासिल गर्न बजेटमा आर्थिक सुधारका कार्ययोजनाहरू प्रस्ताव गरिएको राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा उल्लेख छ ।

गत आर्थिक वर्षमा सरकारले ७ प्रतिशतमा मूल्य वृद्धि सीमित पार्ने लक्ष्य लिएको थियो । जेठसम्ममा यस्तो औसत मूल्य वृद्धिदर ७.७७ प्रतिशत पुगेको छ ।

प्रकाशित मिति २०८० साउन ७ गते आइतबार ०४:५०
हजुरको प्रतिक्रिया