२०८३ साउन २१ गते बिहीबार

पोखराका ५९ र तनहुँका ४७ सहित गण्डकी प्रदेशमा १४५ जना संक्रमित थपिए

पोखराका ५९ र तनहुँका ४७ सहित गण्डकी प्रदेशमा १४५ जना संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक २७ गते बिहीबार ०१:१७

पोखरा । बिहीबार पोखरामा थप ५९ जनामा काेराेना भाइरसको संक्रमण पुष्टि भएको छ । पोखराका ५९ जना थप हुँदा तनहुँमा ४७ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । बिहिबार दिउँसो १ : ०० बजेसम्म निर्देशनालयले जारी...

गण्डकी प्रदेशमा कुल संक्रमित १० हजार नजिक

पोखरा । बिहीबार पोखरामा थप ५९ जनामा काेराेना भाइरसको संक्रमण पुष्टि भएको छ । पोखराका ५९ जना थप हुँदा तनहुँमा ४७ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

बिहिबार दिउँसो १ : ०० बजेसम्म निर्देशनालयले जारी गरेको विज्ञप्तीका अनुसार गण्डकी प्रदेशमा मध्यान्हसम्मै १४५ जना संक्रमित थप भएका छन् । जसमा सर्वाधिक धेरै पोखरा र तनहुँका रहेका छन् । बिहीबार स्याङ्जाका १३ जना, पर्वत र बाग्लुङ्का ५ / ५ जना, लमजुङ्का ८ जना, मुस्ताङ् र नवलपरासीका ३ /३ जना, गोरखाका २ जना रहेको निर्देशनालयको विज्ञप्तीमा उल्लेख छ ।

यता गण्डकी प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या करिब १० हजार पुग्न लागेको छ । प्रदेशमा हालसम्म ९ हजार ८४८ जना संक्रमित भएका छन् ।

प्रकाशित मिति २०७७ कात्तिक २७ गते बिहीबार ०१:१७
हजुरको प्रतिक्रिया