२०८३ साउन २१ गते बिहीबार

प्रज्ञा प्रतिष्ठानको भेला हुँदै

प्रज्ञा प्रतिष्ठानको भेला हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन ८ गते सोमबार १२:०१

सबै प्रतिष्ठानले कार्यपत्र प्रस्तुत गर्ने आयोजक गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले बताए ।

पोखरा

पोखरामा देशभरका प्रज्ञा प्रतिष्ठानकर्मी भेला हुने भएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानले देशभरका प्रज्ञा प्रतिष्ठानकर्मी भेला गराएर छलफल गर्ने वातावरण मिलाएको हो ।

साउन १२ देखि १४ गतेसम्म पोखरामा भेला हुनेछ । मुख्य अन्तरक्रिया साउन १३ गते हुनेछ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल प्रज्ञा प्रतिष्ठान, मधेश प्रज्ञा प्रतिष्ठान र सुदुरपश्चिम प्रज्ञा प्रतिष्ठानबाट सहभागीता रहनेछ ।

सबै प्रतिष्ठानले कार्यपत्र प्रस्तुत गर्ने आयोजक गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले बताए । अनुभव आदानप्रदान र सम्बन्ध बिस्तार गर्न कार्यक्रम गरेको उनको भनाइ छ ।

यस्तै, स्वामी विवेकानन्द कल्चरल सेन्टर काठमाण्डौं तथा गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा दूई दिने फोटो प्रर्दशनी समेत हुँदैछ । पोखरा सभागृहमा साउन १० र ११ गते फोटो प्रदर्शनी गर्न लागिएको हो ।

प्रकाशित मिति २०८० साउन ८ गते सोमबार १२:०१

हजुरको प्रतिक्रिया