२०८३ साउन २१ गते बिहीबार

नेपालमा महिलामा हुने पाठेघरको मुख र स्तन क्यान्सर सबैभन्दा उच्च विन्दुमा : महासचिव घिमिरे

नेपालमा महिलामा हुने पाठेघरको मुख र स्तन क्यान्सर सबैभन्दा उच्च विन्दुमा : महासचिव घिमिरे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन ८ गते सोमबार ०२:४४

काठमाडौं । नेपाल क्यान्सर केयर फाउन्डेशनकी महासचिव सरिता घिमिरेले नेपालमा महिलामा हुने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर सबैभन्दा उच्च विन्दुमा पुगेको बताएकी छिन् । सोमबार जापान सरकारको सहयोगमा निर्मित ललितपुर जिल्लामा...

काठमाडौं । नेपाल क्यान्सर केयर फाउन्डेशनकी महासचिव सरिता घिमिरेले नेपालमा महिलामा हुने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर सबैभन्दा उच्च विन्दुमा पुगेको बताएकी छिन् ।

सोमबार जापान सरकारको सहयोगमा निर्मित ललितपुर जिल्लामा महिला क्यान्सर सेन्टरका लागि म्यामोग्राफी मेसिन जडान गर्ने आयोजना हस्तान्तरण समारोहमा महासचिव घिमिरेले क्यान्सरको उच्च जोखिम रहेको तत्थ्यांक प्रस्तुत गरिन् ।

उनले भनिन्,‘नेपालमा क्यान्सरको आँकडा हेर्ने हो भने महिलाहरुमा हुने पाठेघर मुखको क्यान्सर र स्तन क्यान्सर अहिले सबैभन्दा उच्च विन्दुमा छ ।’

संस्थाले मात्रै २५ हजार भन्दा धेरै महिलाहरुको पाठेघर मुखको क्यान्सर र १७ सय बढीमा स्तन क्यान्सर स्क्रिनिङ गरेको तत्थ्यांक उल्लेख गर्दै उनले नेपालको पूरा आँकडा हेर्नैै नपर्ने गरी क्यान्सरले भयावह रुप लिएको धारणा राखिन् ।

‘२५ हजार भन्दा धेरै महिलाहरुको पाठेघर मुखको जाँच तथा १७ सय बढीको स्तन क्यान्सर सम्बन्धि जाँच भैसकेको छ । विद्यमान क्यान्सरको भयावह स्थिति जान्नलाई हामीले नेपालको पूरा आँकडा हेर्नै पर्दैन्, सुरुवाती चरण देखि यो संस्थामा आएको आँकडा हेर्दा २८ जना महिलामा पाठेघरको र ७ जनामा स्तन क्यान्सर भेटिइसकेको छ,’ घिमिरेले भनिन् ।

त्यस्तै उनले संस्थामा जाँच गराउन आएका मध्ये ६सय १० जना पाठेघर मुखको क्यान्सर हुन सक्ने सम्भावित महिलाहरुलाई उपचार मार्फत निको गराएको भन्दै नेपालमा महिलामा देखिने दुवै क्यान्सको रोकथामका लागि सबै लाग्नुपर्ने धारणा राखिन् ।

 

प्रकाशित मिति २०८० साउन ८ गते सोमबार ०२:४४
हजुरको प्रतिक्रिया