२०८३ साउन २१ गते बिहीबार

पोखराका औषधी पसल अनुगमन

पोखराका औषधी पसल अनुगमन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन ८ गते सोमबार ०७:४३

सम्बन्धित जिम्मेवार व्यक्ति बाहेक अन्यले औषधी विक्री वितरण गर्ने गरेको, सरसफाईमा ध्यान नदिइएको, नविकरण नगरेका जस्ता कमजोरी फेला परेको रेग्मीले बताए ।

पोखरा
जिल्ला प्रशासन कार्यालय कास्कीले आज पोखराका पाँचवटा औषधी पसल अनुुगमन गरेको छ ।

प्रशासकीय अधिकृत दीपक रेग्मी नेतृत्वको टोलीले पोखराको पृथ्वीचोकस्थित दुईवटा र महेन्द्रपुुलस्थित तीनवटा औषधी पसल अनुुगमन गरेको हो ।

अनुुगमनका क्रममा सम्बन्धित जिम्मेवार व्यक्ति बाहेक अन्यले औषधी विक्री वितरण गर्ने गरेको, सरसफाईमा ध्यान नदिइएको, नविकरण नगरेका जस्ता कमजोरी फेला परेको रेग्मीले बताए । औषधीको मूल्य सूूची, म्याद नाघेका औषधीको व्यवस्थापन लगायत चेकजाँच गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय कास्कीले समय समयमा जनसरोकारका विषय र क्षेत्रमा अनुगमन गर्दै आएको छ ।

प्रकाशित मिति २०८० साउन ८ गते सोमबार ०७:४३
हजुरको प्रतिक्रिया