२०८३ साउन २१ गते बिहीबार

बागलुङमा वरिष्ठ प्रहरी नायब निरीक्षक मृत फेला

बागलुङमा वरिष्ठ प्रहरी नायब निरीक्षक मृत फेला

रोहन जिसी

@Public 4K Tv

२०८० साउन ९ गते मंगलबार ०९:४३

पौडेल होटलमा मृत फेला परेको भन्दै होटल सञ्चालकले राति १२ बजे वडा अध्यक्षलाई जानकारी गराएका थिए । वडा अध्यक्षले प्रहरीलाई जानकारी गराएपछि राति २ बजे प्रहरी चौकी बुर्तिबाङको टोली घटनास्थल पुगेको थियो ।

बागलुङ

इलाका प्रहरी कार्यालय भीमगिठे बागलुङका इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षक उज्वल पौडेल मृत फेला परेका छन् । बडिगाड गाउँपालिका वडा नम्बर–६ स्थित कुश्मिशेराको आशा होटल एन्ड खाजा घरको तल्लो तलामा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक राजाराम खड्काको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको हो । पौडेल होटलमा मृत फेला परेको भन्दै होटल सञ्चालकले राति १२ बजे वडा अध्यक्षलाई जानकारी गराएका थिए । वडा अध्यक्षले प्रहरीलाई जानकारी गराएपछि राति २ बजे प्रहरी चौकी बुर्तिबाङको टोली घटनास्थल पुगेको थियो ।

बागलुङ सदरमुकामबाट इप्रका रहेको बडिगाड–७ सम्मको दूरी करिब ७० किलोमिटर छ भने त्यहाँबाट घटनास्थल ४ किलोमिटरको दूरीमा रहेको प्रहरीको भनाइ छ ।

 

प्रकाशित मिति २०८० साउन ९ गते मंगलबार ०९:४३
हजुरको प्रतिक्रिया