२०८३ साउन २१ गते बिहीबार

७ भाषामा बन्दीपुरका गन्तव्यको सूचना

७ भाषामा बन्दीपुरका गन्तव्यको सूचना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन ९ गते मंगलबार ०४:२४

१७ पर्यटकीय गन्तव्यको सूचना नेपालीसहित ७ भाषामा तयार पारेको हो ।

पोखरा

बन्दीपूरका पर्यटकीय गन्तव्यको सूचना ७ भाषामा तयार पारिएको छ ।

बन्दीपुर गाउँपालिकाले १७ पर्यटकीय गन्तव्यको सूचना नेपालीसहित ७ भाषामा तयार पारेको हो ।

गन्तव्यबारे जानकारी दिन नेपालीसहित अंग्रेजी, चाइनिज, जापानिज, कोरियन, फ्रेन्च लगायतका भाषामा सूचना तयार पारिएको छ । बन्दीपुर घुम्न आउने पर्यटकले क्युआर कोर्ड स्क्यान गरेर गन्तव्य बारे पढ्न र सुन्न सक्नेछन् ।

बन्दीपुर घुम्न आएका पर्यटकलाई पर्यटकीय गन्तव्यसम्म सहज पहुँच स्थापना गर्ने उदेश्य ७ भाषाका सूचना तयार पारको गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले बताए ।

बन्दीपुरको थानीमाई मन्दिर, मणि मुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल), विन्ध्यवासिनी मन्दिर, पद्म पुस्तकालय, पातलेद्वार गुफा, पहाड पानी, सहिद स्मारक पार्क लगायतका १७ पर्यटकीय गन्तव्यको सूचना क्युआर कोर्डमा उपलब्ध छ ।

प्रकाशित मिति २०८० साउन ९ गते मंगलबार ०४:२४
हजुरको प्रतिक्रिया